चेल्सी एफए कपको चौँथो चरणमा

चेल्सी एफए कपको चौँथो चरणमा

केन्द्रबिन्दु
0
Shares

चेल्सीले एफ ए कपको चौँथो चरणमा स्थान पक्का गरेको छ। शनिबार राति भएको खेलमा प्रिस्टोन नर्थ इन्डलाई ४–० गोल अन्तरले पराजित गर्दै चेल्सीले अघिल्लो चरणको यात्रा तय गरेको हो। 

चेल्सीको जितमा अर्मान्डो ब्रोजा, थिएगो सिल्भा, रहिम स्र्टलिङ र इन्जो फर्नान्डेजले एक-एक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा चार गोल नै चेल्सीले दोस्रो हाफमा गरेको हो।

मालो गुस्टोको पासमा ब्रोजाले गोल गर्दै ५८ औँ मिनेटमा चेल्सीलाई अग्रता दिलाए। ६६ औँ मिनेटमा कोल पालमरको पासमा सिल्भाले गोल गरेपछि चेल्सीले अग्रता दोब्बर बनायो।

६९ औँ मिनेटमा स्र्टलिङले गोल गर्दा ३-० को अग्रता लिएको चेल्सीले ८५ औँ मिनेटमा चौथो गोल गरेको थियो। स्र्टलिङको पासमा चेल्सीका फर्नान्डेजले गोल गरेका हुन्।

एफए कप अन्तर्गत स्वेन्सा सिटीले मोरकम्बलाई २-० ले पराजित गर्दा, एस्टन भिल्लाले मिडिलवर्गलाई १-० ले स्तब्ध बनायो।  यसैग्री सेफवेडले कार्डिफलाई ४-० गोलले पराजित गर्दा हल सिटी र बर्मिङघम सिटीले एक एक गोलको बराबरी खेले। 

न्युपोर्ट र इस्टलेइजले १-१ गोलको बराबरी खेल्दा प्लेमाउथले सटन युनाइटेडलाई ३-१ ले स्तब्ध बनायो। यसैगरी बर्नमाउथले क्युपीएआरलाई ३-२ गोलले हराउँदा सेफिल्ड युनाइटेडले गिलिङघमर्ला ४-० ले स्तब्ध गरेको थियो।

यस्तै बल्यावर्नले क्याम्ब्रिज युनाइटेडलाई ५-२ गोल अन्तरले पराजित गर्दा वाटफोर्डले चेस्टरफिल्डलाई २-१ गोल अन्तरले पराजित गरेको छ। त्यसैगरी साउथ ह्याम्पटनले वालसललाई ४-० गोल अन्तरले हराउँदा नर्विच र ब्रिस्टल रोभर्सले १-१ गोलको बराबरी खेले। 

यसैगरी ब्राइटनले स्टोक सिटीलाई ४-२ गोल अन्तरले पराजित गर्दा न्युक्यासलले सन्डरल्याण्डमाथि ३-० को सहज जित दर्ता गरेको छ। मेडस्टोन युनाइटेडले स्टेभनेजलाई १-० गोल अन्तरले पराजित गर्दा कोभेन्ट्रीले अक्सफोर्डमाथि ६-२ को फराकिलो जित निकालेको थियो।यस्तै, लेस्टरले मिलवाललाई ३-२ गोल अन्तरले पराजित गर्दा इप्सवीचले विम्बल्डनलाई ३-१ गोल अन्तरले स्तब्ध बनायो।

Logo