रियल मड्रिड कोपा डेल रेको प्रि–क्वाटरफाइनलमा

रियल मड्रिड कोपा डेल रेको प्रि–क्वाटरफाइनलमा

केन्द्रबिन्दु
0
Shares

डिफेन्डिङ च्याम्पियन रियल मड्रिड स्पेनिस कोपा डेल रेको अन्तिम १६ मा प्रवेश गरेको छ। शनिबार राति भएको खेलमा एरेडिनालाई ३–१ गोल अन्तरले पराजित गर्दै रियलले प्रि–क्वाटरफाइनलमा स्थान पक्का गरेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ४ गोल नै दोस्रो हाफमा निस्कियो। एरेडिनाले गरेको १ गोल भने उपहार हो।५४ औं मिनेटमा जोसुलोले पेनाल्टीमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए।  

लगत्तै ५५ औं मिनेटमा ब्रहिम डियाजले गोल गर्दै अग्रता दोब्बर बनाए। दोस्रो हाफको अतिरिक्त समयमा रोड्रिगोले गोल गर्दै ३–० को अवस्थामा पुगेको थियो। तर, थप गरिएको समय सकिन २ मिनेट बाँकी रहँदा रियलका नाचोले आफ्नै पोस्टमा गोल गरेपछि एरेडिनाले १ गोल उपहार पायो।

यस्तै, अलाभेसले रियल बेटिसलाई१–० गोल अन्तरले पराजित गर्दा भालकानोले हुएस्कालाई २–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको छ।  त्यसैगरी जिरोनाले एल्चमाथि २–० को जित निकाल्दा गेटाफेले स्पानियोललाई १–० तथा एथ्लेटिको मड्रिडले लुगोलाई ३–१ ले पराजित गर्दै प्रि क्वाटरफाइनलमा स्थान पक्का गरेका छन्।

Skip This
Skip This
Logo