शैक्षिक परामर्श संघ (इक्यान)का निवर्तमान अध्यक्ष प्रकाश पाण्डेले राज्यले शिक्षा आर्जनका लागि सहज वातावरण बनाई दिनुपर्ने बताएका छन् ।
काठमाडौंको गैरीधारास्थित एलिस रेस्टुेन्टमा सुरू भएको इक्यानको १८औं वार्षिक साधारण सभामा निवर्तमान अध्यक्ष पाण्डेले यस्ताे बताएका हुन् । उनले नेपालीहरु विदेशमा गए भनेर चिन्ता लिनुभन्दा पनि शिक्षा लिएर फर्किए भनेर खुसी हुनुपर्ने पनि बताए।
उनले भने- 'नेपालमा ३५ सय बढी शैक्षिक परामर्श दातृ निकाय छन् । १०-१५ अर्ब बढी लगानी छ, ५० हजार बढीलाई प्रत्यक्ष रोजगारी दिएको छ । नेपालबाट विद्यार्थी विदेशिए भनेर डराउनु भन्दा पनि शिक्षा आर्जन गएका हुन् सोच्नुपर्छ । ती विद्यार्थीहरूलाई नेपालमै सहजीकरण गर्न सरकारले ध्यान दिनुपर्छ । शैक्षिक परामर्शदाताले पढाउन मात्र पठाए भनिरहँदा, ती विद्यार्थीहरूले पढाएको रेमिट्यान्स बिर्सिनुहुँदैन । शिक्षा मन्त्रालय शैक्षिक परामर्शदातासँग डराउनुभन्दा पनि सहजीकरण गर्दिनुपर्छ । इक्यानले शैक्षिक परामर्शदाताको क्षेत्रमा पहल गर्न विगतमा निकै प्रभावकारी भूमिका खेलेको छ ।'
शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित गर्न सरकार चुकेकाे पनि निवर्तमान अध्यक्ष पाण्डेले धारणा राखे । उनले भने- 'शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित गर्न सरकार चुकेकाे छ । केन्द्र र प्रदेश सरकार कसले जिम्मा लिने अझै विवाद छ । यसलाई केन्द्रीय सरकारले नियमन गर्न आवश्यक छ ।'
वार्षिक साधारण सभामा प्रमुख अतिथिका रूपमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारी र विशिष्ट अतिथिका रुपमा इक्यानका अध्यक्ष शेषराज भट्टराई, एफएनसीसीआईका उपाध्यक्ष अन्जन श्रेष्ठ र अतिथिका रूपमा महानायक राजेश हमाललगायत शिक्षा क्षेत्रका अन्य विशेष अतिथिहरुको उपस्थिति रहेको छ।































प्रतिक्रिया