दुबईबाट अवैध सुन ल्याउने महिला श्रीलंकन नागरिक भएको खुलेको छ। गएराति १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४५ वर्षीया श्रीलंकन महिला कान्ति माथी कावास्कर पक्राउ परेकी हुन्।
उनले लगाएको ब्राभित्र प्लाष्टिकले बेरेको अर्धठोस सुन ल्याएको खुलेको छ। ब्राभित्र दुई पोका बनाएर राखिएको सुनको तौल ५०० ग्राम र कुट्टुभित्र थप ८०० ग्राम गरेर कुल १ किलो ३०० ग्राम सुन फेला परेकाे हाे।
फ्लाई दुबईको उडान नम्बर एफजेड ५७३ बाट काठमाडौँ आएकी उनी त्रिभुवन विमानस्थलमा मध्यराति १२ बजेर ५ मिनेटमा अवतरण भएकी थिइन्।





























प्रतिक्रिया