शैक्षिक परामर्श संघ (इक्यान)का संयोजक राजेन्द्र बरालले जहाँ व्यवसाय त्यहीँ इक्यान भएको दाबी गरेका छन् ।
इक्यानको १८औं वार्षिक साधारण सभामा संयोजक बरालले यस्ताे बताएका हुन् । उनले विदेशी लगानी शैक्षिक परामर्श क्षेत्रमा कुनैपनि हालतमा ल्याउन नहुने पनि जिकिर गरे । विगतमा विदेशी लगानीकर्ताहरूले कर छल्ने गरेका विषयमा शिक्षा मन्त्रालय र नेपाली लगानीकर्ताहरू सचेत हुनुपर्ने उनले बताए।
शिक्षा ऐन २०८०, स्वीकृतका लागि दिएका निवेदनहरू अड्किन नहुने र यो र त्यो भन्दै अड्क्याउन पनि नहुने संयोजक बरालले सबै शैक्षिक परामर्श दातृ निकाय एक हुन आह्वान गरे ।
उनले कार्यक्रममा बोल्दै विगतदेखि नै शिक्षा सचिव सुरेश अधिकारीले सकारात्मक भूमिका निर्वाह गरेको भन्दै तारिफ पनि गरे।































प्रतिक्रिया