नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले धरौटीकाे व्यवस्था हटाएर शैक्षिक परामर्श क्षेत्रलाई सहज रूपमा काम गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताएका छन् ।
शैक्षिक परामर्श संघ (इक्यान)को १८औं वार्षिक साधारण सभामा बाेल्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले राज्य नियमनमा भन्दा ज्यादा शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित गर्न लाग्नुपर्ने औंल्याएका हुन् । 'सरकारले शिक्षा क्षेत्रमा गरेको लगानीभन्दा निजि क्षेत्रले गरेका लगानी प्रभावकारी छ, यसकारण निजी क्षेत्रलाई निरूत्साहित गर्नु हुँदैन । नेपालका शैक्षिक परामर्शदाताहरूलाई विभिन्न वहानामा नीतिगत बाधाहरू सिर्जना गरेर, विदेशी लगानी भित्र्याउन सरकार अगाडि बढ्नु हँदैन ।' उनले भने ।
इक्यानले युवाहरूलाई अन्तर्राष्ट्रियस्तरमा शिक्षा लिने वातावरण सिर्जना गर्दिएको भन्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले प्रशंसा गरे । 'गुणस्तरीय र विश्वमाझ परिचित हुने शिक्षाका लागि सहजीकरण गरेको छ । गुणस्तरीय शिक्षा र उज्ज्वल भविष्यको लागि जानु सकारात्मक पक्ष हो भने फर्काउन नसक्नु चुनौती हो ।' उनले भने । अब विदेशी विद्यार्थीहरुको गन्तव्य थलो नेपाल बन्नुपर्ने पनि उनकाे माग छ ।





























प्रतिक्रिया