१९ सिटमै उम्मेदवारी दिने एमालेको तयारी, बागमतीमा टुङ्ग्यायो उम्मेदवार

१९ सिटमै उम्मेदवारी दिने एमालेको तयारी, बागमतीमा टुङ्ग्यायो उम्मेदवार

केन्द्रबिन्दु
0
Shares

नेकपा एमाले बागमतीले राष्ट्रिय सभाको उम्मेदवार टुङ्गो लगाएको छ।

माघ ११ गते हुने निर्वाचनको लागि एमालेले क्लस्टर अनुसार दोलाकी रोच कुमारी चौँलागाई, काठमाडौँका विवेक देवकोटा, धादिङ ध्रुव विश्वकर्मा र चितवनका त्रिलोचन निर्मल पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

राष्ट्रिय सभाको निर्वाचनको लागि भोलि उम्मेदवारी दर्ता हुँदैछ। गठबन्धनको कारणले कुनै सिट जित्ने सम्भावना नभएपछि आफ्नो मतको रक्षाको लागि एमालेले १९ सिटमै उम्मेदवारी दिने तयारी गरेको छ।

Skip This
Skip This
Logo