एजुकेसन कन्सल्टेन्सीलाई वैदेशिक लगानी आवश्यक छैनः सचिव सुरेश अधिकारी

एजुकेसन कन्सल्टेन्सीलाई वैदेशिक लगानी आवश्यक छैनः सचिव सुरेश अधिकारी

केन्द्रबिन्दु
0
Shares

एजुकेसन कन्सल्टेन्सीलाई वैदेशिक प्रत्यक्ष लगानी (एफडीआई) आवश्यक नभएको बताएका छन् । 

काठमाडौंको गैरीधारास्थित एलिस रेस्टुेन्टमा सुरू भएको शैक्षिक परामर्श संघ (इक्यान)को १८औं वार्षिक साधारण सभामा बोल्दै सचिव अधिकारीले यस्ताे बताएका हुन् । उनले इक्यानले विद्यार्थी विदेश पठाउने मात्रै नभएर विदेशी विद्यार्थीलाई पनि नेपालमा भित्र्याई रहेको बताए । 

सरकारले निजी शैक्षिक संस्थाहरुलाई पनि सहुलित दिँदै आएको र सरकारी र निजी दुवै तहलाई बराबर मानेको बताए । 

यस्तै, सचिव अधिकारीले नो अब्जेकसनदेखि आफू पनि खुसी नभएको बताए । त्यसमा भएका कमीकमजोरीलाई सच्याउने उनकाे भनाई छ । 

जापानको शिक्षाको उदाहारण दिँदै सचिव अधिकारीले नेपालकाे गाइड लाइनमै समस्या भएको बताए । नेपालमा ४ प्रकारका भिसा प्रयोगमा रहेको र त्यो भिसामा पनि विद्यार्थीहरू पढ्न आउन समस्या रहेको उनले बताए । 

Skip This
Skip This
Logo