‘१० प्रतिशत विद्यार्थी मात्रै पढ्न विदेश गएका हुन्, बाँकी नाम र दामका लागि’ -अध्यक्ष तुलाधर

‘१० प्रतिशत विद्यार्थी मात्रै पढ्न विदेश गएका हुन्, बाँकी नाम र दामका लागि’ -अध्यक्ष तुलाधर

केन्द्रबिन्दु
0
Shares

नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरले १० प्रतिशत विद्यार्थी मात्रै पढ्न विदेश गएको र बाँकी विद्यार्थीहरू नाम र दामका लागि गएको टिप्पणी गरेकी छन् । 

काठमाडौंको गैरीधारामा सुरू भएको शैक्षिक परामर्श संघ (इक्यान)को १८औं वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष तुलाधरले यस्तो बताएकी हुन्। उनले विद्यार्थीहरुलाई सबैभन्दा पहिले स्वदेशमै बस्ने सल्लाह दिनुपर्ने र त्यतिले पनि नभए विदेश जाने सल्लाह दिनुपर्ने बताइन् । 

यस्तै, उनले केही शैक्षिक परामर्शदाताहरूले गर्दा सम्पूर्ण शैक्षिक परामर्शदातालाई आरोप लाग्ने गरेकाेमा गुनासाे पनि पाेखिन् ।

Logo