नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भारतीय दूतावासमार्फत सोझै २० करोड लगानी हुनु डरलाग्दो षड्यन्त्रपूर्ण योजना रहेको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय अपाङ्गता संगठन नेपालद्वारा आयोजित सेतो छडी वितरण कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले विगतमा पाँच करोड वितरण भईरहेकोमा एकैपटक अहिले २० करोड पु-याउनु नेपालमा आफ्ना मान्छे बनाउने डरलाग्दो षडयन्त्रपूर्ण योजना रहेको बताएका हुन् ।
‘कुनैबेला दूतावासले तीन करोड वितरण गर्दथ्यो । पछि पाँच करोड वितरण गर्ने कुरा प्रारम्भ गरियो । अहिले २० करोड पुर्याइएको छ । यो हाम्रो राष्ट्रको बजेट अन्तरर्गत होइन । कुनैपनि मूलुकको दुतावासले नेपालभित्र आएर पैसा वितरण गरेर आफ्ना मान्छे बनाउने योजनाको एउटा डरलाग्दो षडयन्त्रपूर्ण योजना बनाइएको छ,’ उनले भने,‘नेकपा एमाले त्यो सहमति वा सम्झौताको विरोध गर्दछ । असहमति प्रकट गर्दछ । सम्झौता राष्ट्रिय हित विपरीत हो । राष्ट्रिय स्वाभिमान र स्वतन्त्रमा र्हास आउने कुरा हो ।’
फरक प्रसङ्ग उल्लेख गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले अहिले जातीय सद्भावलाई खलबल्याउन पहिचानको नाममा आगो सल्काउने काम भएको पनि टिप्पणी गरे ।





























प्रतिक्रिया