विद्युत निर्यात गर्न प्राधिकरणमा रोकिएको पीपीए पूर्ण रुपमा खुल्ला हुनुपर्छः अध्यक्ष कार्की

विद्युत निर्यात गर्न प्राधिकरणमा रोकिएको पीपीए पूर्ण रुपमा खुल्ला हुनुपर्छः अध्यक्ष कार्की

केन्द्रबिन्दु
0
Shares

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था(इप्पान) का अध्यक्ष गणेश कार्कीले भारतसँग भएको १० बर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्न नेपाल विद्युत प्राधिकरणले रोकिराखेको पीपीए पूर्ण रुपमा खुल्ला गर्न माग गरेका छन् । 

आइतबार काठमाडौंमा इप्पानद्धारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष कार्कीले निजी क्षेत्रलाई विद्युत निर्यातका लागि अनुमतिपत्र दिने तथा ऊर्जा आयोजना निर्माणमा देखिएका नीतिगत र प्रक्रियागत समस्याहरुको समाधानका लागि सरकार थप सक्रिय भई अघि बढ्नुपर्ने बताएका हुन् । उनले नेपाल–भारत विद्युत् खरिद सम्झौता (पीपीए) प्राधिकरणमा रोकिएकाले पूर्ण रुपमा खुल्ला गर्न माग गरे । 

उनले भने,‘यो सम्झौतासँग अब नेपाल विद्युत प्राधिकरणले रोकिराखेको विद्युत खरिद सम्झौता (पीपीए) को पूर्ण रुपमा खुल्ला हुनुपर्छ । यसका साथै निजी क्षेत्रलाई विद्युत निर्यातका लागि अनुमतिपत्र दिने, बैंक तथा वित्तिय संस्थाले ऊर्जामा लगानी बढाउने, सरकारले ऊर्जा उत्पादनका लागि थप सहुलीयतहरु घोषणा गर्ने तथा ऊर्जा आयोजना निर्माणका लागि हाल देखिएका नीतिगत, प्रशासनिक तथा प्रक्रियागत समस्याहरुको समाधानका लागि सरकार थप सक्रिय भई अघि तुरुन्तै अघि बढ्नुपर्छ ।’

उनले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा १० बर्षमा १० हजार मेगावाट बिजुली निर्यातका लागि दीर्घकालिन सम्झौता ऐतिहासिक काम भएको बताए । उनले भने,‘पुस १९ गते भारतीय विदेशमन्त्री जयशंकरको नेपाल भ्रमणका क्रममा १० बर्षमा १० हजार मेगावाट बिजुली निर्यातका लागि दीर्घकालिन सम्झौता भएकोमा यो ऐतिहासिक कार्य भएको छ ।’

अहिले उर्जा विधेयक संसदमा पेस भएको र त्यो विधेयक पनि नेपाली जनताले लगानी गर्न सक्ने खालको लगानीमैत्री निजी क्षेत्रमैत्री बन्ने हो भने नेपाली जनताहरुले १० हजार मेघावट उत्पादन गर्न सक्ने उनको भनाई थियो । इप्पानले माघ ४ गते स्थापना दिवस मनाउने तयारी गरेको छ । 

Skip This
Skip This
Logo