सुनको मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो आज ?

सुनको मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो आज ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली बजारमा सुनको मूल्य आज अहिले सम्मकै उच्च बिन्दुमा पुगेको छ । आइतबार सुन प्रतितोला ८९ हजार ६ सय रुपैंयाँमा कारोबार भएको थियो । गत विहिबार र शुक्रबार पनि यहि मूल्यमा कारोबार भएको थियो । तर आज प्रतितोला १०० रुपैयाँ बढ्दै सुन ८९ हजार ७०० रुपैंयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत बुधबार ८८ हजार ६ सय रुपैंयाँ कायम भएको सुन विहिबार १ हजारले बढेको थियो । चाँदीको मूल्य आज १० रुपैयाँ घटेर प्रतितोला ९२५ मा कारोबार भइरहेको छ । शुक्रबार चाँदी तोलामा १५ रुपैंयाँ घटेर ९३५ रुपैंयाँमा कारोबार भएको थियो ।

लकडाउनको ७६ दिन पछि जेठ २५ गते खुलेको सुनचाँदी बजारमा पहिलो दिन मूल्य ८७ हजार ४०० कायम गरिएको थियो । गत हप्ता सोमबार सुनको मूल्य प्रतितोला ८७ हजार ५०० थियो । यस्तै मंगलबार ८७ हजार ७०० कायम भएको सुन बुधबार ८८ हजार ६०० मा कारोबार भएको थियो ।

Skip This
Skip This
Logo