रघुजी पन्तकाे प्रस्ताव- प्रधानन्यायाधीश र उपसभामुख हटाऔं

रघुजी पन्तकाे प्रस्ताव- प्रधानन्यायाधीश र उपसभामुख हटाऔं

केन्द्रबिन्दु
0
Shares

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद रघुजी पन्तले संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशलाई हटाउनुपर्ने प्रस्ताव राखेका छन् ।

आइतबार सिंहदरबारमा बसेको संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले न्यायपालिकाले गम्भीर र निष्पक्ष भएर निर्वाचन गर्ने आधार निर्माण गर्नका लागि पनि प्रधानन्यायाधीशलाई बिदा गर्न आवश्यक रहेको बताएका हुन् । 

‘पटक–पटक प्रधानन्यायाधीश विवादास्पद भएका छन् । त्यसकारणले अब यसमा संशोधनको आवश्यकता छ किनभने मुद्दा छिन्नुपर्ने मान्छे परिषद्मा सामेल भएपछि मुद्दा छिन्ने काम निष्पक्ष हुन्छ कि हुँदैन भन्ने प्रश्न पनि हो । न्यायपालिकाको अगाडि नैतिक संकट पनि आयो, के गर्ने ? आफ्नै प्रमुख समेत सामेल भएर निर्णय गरिएको कुरालाई उल्ट्याउने कि कायम राख्ने ? अथवा विधि पुगेको छैन भने उल्ट्याउनु पनि प-यो,’ उनले भने ।

उनले संविधान संशोधन गरेर प्रधानन्याधीशलाई बिदा गरेपछि न्यायपालिकाले गम्भीर र निष्पक्ष भएर निर्वाचन गर्ने आधार हुने बताए । उनले प्रतिनिधिसभामा उपसभामुखको पनि आवश्यक नरहेको भन्दै संवैधानिक परिषद्मा दलीय प्रतिनिधित्वको कुरालाई ध्यान दिने हो भने उपसभामुख पनि हटाउनुपर्ने तर्क गरे । 

‘यहाँ उपसभामुखको आवश्यकता नै छैन । अहिले महिला भएको भएर भनेको होइन संवैधानिक परिषद्मा दलीय प्रतिनिधित्वको कुरालाई ध्यानमा राख्दा उपसभामुख चाहिँदैन,’ उनले भने ।

Skip This
Skip This
Logo