काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई एनएमबि बैंककाे २५ लाख सहयोग

काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई एनएमबि बैंककाे २५ लाख सहयोग

केन्द्रबिन्दु
0
Shares

एनएमबि बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई सामाजिक उत्तरदायित्व अन्तर्गत २५ लाख रुपैयाँ सहयोग गरेको छ । यस योगदानले अस्पतालमा बाल मैत्री वार्ड निर्माण गर्न मद्दत गरी बाल सवास्थ्य सुधार गर्ने प्रयासमा सहायता पु-याउने बैंककाे विश्वास छ । 

एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी. र इन्स्टिच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष डा. भगवान कोईरालाबीच सहमति आदनप्रदान गरिएको हाे । यस सहकार्यले बैंक र अस्पतालको बाल सवास्थ्य सेवा सुधार्ने संयुक्त प्रयासलाई सशक्त रुपमा दर्साउँछ ।  

एनएमबि बैंकले समाजमा दिगो सकारात्मक परिवर्तनको पहल गर्दै सामाजिक उत्तरदायीत्व अन्तर्गत विभिन्न कार्यहरु आयोजना गर्दै आईरहेको छ ।  

Skip This
Skip This
Logo