आजको दिन कस्तो छ ? हेर्नुहोस् राशिफल

आजको दिन कस्तो छ ? हेर्नुहोस् राशिफल

केन्द्रबिन्दु
0
Shares

आज २०८० पुष २३ गते साेमबार। ८ जनवरी २०२४।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला। समय प्रतिकुल भई कुलतमा मन जानसक्छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आजको दिन रोकिएको पैसा हात लाग्ला। सामाजिक क्षेत्रबाट सहयोग र सफलता मिल्नेछ। सांस्कृतिक कार्यमा सरिक भइनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ, साथै प्रणयसम्बन्ध र पारिवारिक पनि सुमधुर हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउला। वैदेशिक क्षेत्रको काम भने अधुरै रहला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज स्वास्थ्यमा धन खर्च हुनेछ। अरुको भलाइका लागि अनावश्यक दौडधुप गर्नु पर्नेछ। घरायसी विवाद पनि बढ्नसक्छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
सामाजिक कार्यमा सरिक हुने अवसर मिल्नेछ। अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। आँटेको र ताकेको कार्य पुरा हुनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) 
आज शुभकार्यको चर्चा चल्नेछ। महिला वर्गबाट विशेष सहयोग मिल्नेछ, तर स्वास्थ्य प्रति सजग रहन आवश्यक छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बोलीको भरमा कार्य सम्पादन हुनेछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउला। भाग्यले विभिन्न अवसर र साथ दिनेछ भने गरेको काममा सफलता हात पर्नेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
समाजबाट मान सम्मान मिल्नेछ। पारिवारिक सुख पनि मिल्नेछ। आज सेतो रङ्गको प्रयोगले विभिन्न समस्याबाट जोगाउनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज शुभकार्यको चर्चा चल्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज सजिलै अरुको विश्वास जित्न गाह्रो पर्ला। विद्या र बुद्धिमा पनि ह्रास आउन सक्छ, तर धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्।

Skip This
Skip This
Logo