बंगलादेशको निर्वाचनमा शेख हसिनाको पार्टीलाई बहुमत

बंगलादेशको निर्वाचनमा शेख हसिनाको पार्टीलाई बहुमत

केन्द्रबिन्दु
0
Shares

बंगलादेशको संसदीय निर्वाचनमा प्रधानमन्त्री शेख हसिनाको पार्टी बङ्गलादेश अवामी लिगले बहुमत प्राप्त गरेको छ।  

प्रमुख प्रतिपक्षी दलको बहिस्कारका बाबजुद आइतबार भएको निर्वाचनमा अवामी लिगले दुई तिहाइ सिटमा जित हासिल गरेपछि शेख हसिना लगातार चौथो कार्यकालका लागि प्रधानमन्त्री बन्ने भएकी छन्।

३०० सिटका लागि भएको आम निर्वाचनमा बङ्गलादेश अवामी लिगले करिब २०० सिटमा जित हासिल गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले लेखेका छन्।  पूर्वप्रधानमन्त्री खालिदा जिया नेतृत्वको बङ्गलादेश नेशनलिस्ट पार्टी बीएनपीले भने यो निर्वाचन देखावटीमात्र भएको भन्दै बहिस्कार गरेको थियो।

निर्वाचन आयोगका प्रवक्ताले ३०० मध्ये २९९ सिटमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको र अहिलेसम्मको परिणामको आधारमा अवामी लिगको सरकार बन्ने निश्चित भएको बताएका छन्। उनका अनुसार चुनावको अन्तिम परिणाम घोषणा हुन भने केही समय लाग्ने छ।

शेख हसिनाले गोपालगञ्ज-३ बाट शानदार जित हासिल गरेकी छन्। उनले २ लाख ४९ हजार ९६५ भोट पाएकी छन्। उनको निकटतम प्रतिस्पर्धी बङ्गलादेश सुप्रिम पार्टीका एम निजाम उद्दीनले ४६९ भोट मात्र पाएका छन्। शेख हसिनाले गोपालगञ्जबाट सन् १९८६ देखि आठ पटकसम्म चुनाव जित्दै आएकी छन्।

Skip This
Skip This
Logo