चितवन उद्योग बाणिज्य संघको अध्यक्षमा सुमनकुमार श्रेष्ठ निर्वाचित भएका छन्। ५७ औँ वार्षिक साधारण सभा तथा अधिवेशनमा अध्यक्षका अर्का प्रत्यासी शिरिष पन्तलाई ६७२ मतान्तरले पराजित गर्दै श्रेष्ठ संघको अध्यक्षमा निर्वाचित भएका हुन्।
श्रेष्ठले १५१५ मत पाए भने पन्तले ८४३ मत ल्याए। श्रेष्ठ यसअघि संघको वरिष्ठ उपाध्यक्ष थिए। पन्त तृतीय उपाध्यक्ष थिए। अधिवेशनबाट संघको वरिष्ठ उपाध्यक्षमा चिरिञ्जीवी सुवेदी, वाणिज्यतर्फ उपाध्यक्षमा राजेन्द्र ओली, उद्योगतर्फको उपाध्यक्षमा अशोक अधिकारी र वस्तुगततर्फको उपाध्यक्षमा नारायण प्रधान विजयी भए। कुल मतदाता २ हजार ९७४ रहेकोमा २ हजार ४१४ मत खसेको थियो।































प्रतिक्रिया