नागरिक उन्मुक्ति पार्टीको महाधिवेशन आजबाट

नागरिक उन्मुक्ति पार्टीको महाधिवेशन आजबाट

केन्द्रबिन्दु
0
Shares

नागरिक उन्मुक्ति पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुँदैछ। पुष २६, २७ र २८ गते कैलालीको टिकापुरमा महाधिवेशन सुरु हुन लागेको हो।  

महाधिवेशनमा सहभागी हुनका लागि देशभरका ५५ जिल्लाबाट ८ हजार प्रतिनिधि सहभागी हुने पार्टीका केन्द्रिय सदस्य अरुण कुमार चौधरीले जानकारी दिए। 

महाधिवेशनबाट २८ पदाधिकारीसहित ५०१ सदस्यीय केन्द्रीय समितिको निर्वाचन हुनेछन्। नाउपामा अध्यक्ष, सहध्यक्ष, सात उपाध्यक्ष, महासचिव, ७ सहसचिव र एक कोषाध्यक्ष निर्वाचित हुनेछन्।  महाधिवेशनको उद्घाटन सत्रमा देशभरका राजनितीक दलका प्रतिनिधिहरु सहभागी हुनेछन्।

Logo