कतारमा कोरोनाबाट स्वास्थ्य लाभ गर्नेहरू बढे, कति पुगे आज ?

कतारमा कोरोनाबाट स्वास्थ्य लाभ गर्नेहरू बढे, कति पुगे आज ?

केन्द्रबिन्दु
0
Shares

तिलु शर्मा पौडेल
दोहा कतार ।

कतारमा कोरोनाको प्रकोप बिस्तारै कम हुँदै गइरहेको पछिल्लो तथ्याङ्कले देखाएको छ । स्वास्थ्य मन्त्रालयले आज जारी गरेको पछिल्लो २४ घण्टाको विवरण अनुसार सङ्क्रमित भन्दा स्वास्थ्य लाभ गर्नेहरूको सङ्ख्या बढी छ । विवरण अनुसार थप १ हजार १८६ जनामा सङ्क्रमण देखिएको छ भने १ हजार ६४६ जनाले स्वास्थ्य लाभ गरेका छन् । ३ हजार ८८४ जनामा गरिएको परीक्षणबाट उक्त संक्रमित थपिएका हुन् । यो सँगै कोरोनाबाट सङ्क्रमित हुनेहरूको सङ्ख्या ७९ हजार ६०२ पुगेको छ भने स्वास्थ्य लाभ गरेको सङ्ख्या ५६ हजार ८९८ पुगेको छ ।

स्वाब सङ्कलनमा पोजेटिभ देखिएका सामान्य बिरामीलाई १४ दिनमा डिस्चार्ज गर्ने विश्व स्वास्थ्य सङ्गठनको उपचार विधि अपनाए पछि कतारमा कोरोनाबाट निको हुनेको सङ्ख्यामा बृद्धी भएको हो । आज ३ जना ४२, ५७ र ८४ वर्षीय नागरिकसहित कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या ७३ पुगेको छ । २२ हजार ६३१ जनाको क्वारेनटाइनमा उपचार चलिरहेको छ ।

सङ्क्रमितहरू स्थानीय नागरिकसहित फरक फरक समुदायका आप्रवासी कामदारहरू रहेका छन् । कतारमा आजसम्म कुल २ लाख ९० हजार ७१४ जनामा कोरोनाको परीक्षण गरिएको छ । ती मध्ये १ हजार २२९ जनालाई डाक्टरहरूको प्रत्यक्ष निगरानीमा र १४३ जनालाई अस्पताल भर्ना गरिएको छ । थप १३ जनासहित आइसियुमा रहने बिरामीको सङ्ख्या २३१ पुगेको छ ।

स्वास्थ्यमा कुनै समस्या भएमा टोल फ्री नम्बर १६००० मा कल गर्न समेत अनुरोध गरिएको छ । कोरोनाको प्रारम्भिक लक्षण देखिएमा मैदर, अल रवादत, उमसलाल अलि र गराफामा रहेका हेल्थ सेन्टरमा गएर परीक्षण गर्न अनुरोध गरेको छ । ४ लाख भन्दा बढी नेपाली कार्यरत रहेको कतारमा ४ जना नेपालीको पनि कोरोनाको कारण ज्यान गएको छ ।

Logo