एटलेटिकोलाई हराउँदै रियल म्याड्रिड सुपर कोपाको फाइनलमा

एटलेटिकोलाई हराउँदै रियल म्याड्रिड सुपर कोपाको फाइनलमा

केन्द्रबिन्दु
0
Shares

रियल म्याड्रिड स्पेनिस सुपर कोपाको फाइनलमा पुगेको छ। गएराती सम्पन्न खेलमा एटलेटिको म्याड्रिडलाई ५-३ गोल अन्तरले पराजित गर्दै रियल म्याड्रिड सुपर कोपाको फाइनलमा पुगेको हो।

निर्धारित ९० मिनेटको खेलमा दुवै क्लबले ३-३ गोल गरेपछि खेल ३० मिनेटको अतिरिक्त समयमा गएको थियो। अतिरिक्त समयमा रियल म्याड्रिडले २ गोल थपेपछि खेल ५-३ ले जितेको थियो।

रियल म्याड्रिडका लागि एन्टोनियो रुडीगेर, फेर्लान्ड मेन्डी, डानी कार्भाजल, जोसेलु र ब्राहिम डियाजले एक एक गोल गरेका थिए।

त्यसैगरी एटलेटिको म्याड्रिडका लागि मारियो हेर्मोसो र एन्टोनियो ग्रीजम्यानले एक एक गोल गरेका थिए भने एक गोल रियलका एन्टोनियो रुडीगेरले आत्मघाती गोल गरेका थिए।

अब फाइनलमा रियल म्याड्रिडले बार्सिलोना र ओसासुनाबीचको विजेतासँग जनवरी १४ मा खेल्नेछ। बार्सिलोना र ओसासुनाबीचको सेमिफाइनल खेल आज राति हुँदैछ।

स्पेनिस सुपर कोपा ला- लिगाको विजेता र उपविजेता तथा कोपा डेल रेको विजेता र उपविजेता खेल्ने गर्दछन्। यस सिजनमा रियल म्याड्रिड कोपा विजेता र ला लिगाको उपविजेता भएकाले ला लिगाको तेस्रो स्थानमा रहेको एटलेटिको म्याड्रिडले खेल्ने अवसर पाएको छ।

Logo