सिटिजन लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सिटिजन लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

केन्द्रबिन्दु
0
Shares

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले लाभांश र तथा साधारणसभा प्रयोजनका लागि भनेर पुस २९ गते बुक क्लोज गर्ने निर्णय गरेको हाे। 

पुस २७ गते कारोबार नहुने, पुस २८ शनिबार भएकोले आजसम्म कायम कम्पनीहरुले मात्र घोषणा गरेको लाभांश पाउने छन्। कम्पनीको सातौँ वार्षिक साधारणसभा माघ १४ गते बोलाइएको छ। 

उक्त साधारण सभाले गत आर्थिक वर्ष २०७९-८० का लागि प्रस्तावित चुक्तापुँजी ३ अर्ब ७५ करोड रुपैयाँको कुल ५.२६३२ प्रतिशत लाभांश अनुमोदन गर्नेछ।
 
जसमा ५ प्रतिशतले हुन आउने १८ करोड ७५ लाख रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.२६३२ प्रतिशतले हुन आउने ९८ लाख ६८ हजार ४२१ रुपैयाँ नगद लाभांश रहेको छ।

सभाले बोनस सेयरपछि चुक्तापूँजी बढेर ३ अर्ब ९३ करोड ७५ लाख रुपैयाँ पुग्ने भएकोले सोहीबमोजिम कम्पनीको प्रबन्ध पत्रमा संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ।

Logo