नेप्सेमा सूचीकृत लक्ष्मी सनराइज बैंकको बिहीबार साधारणसभा बस्दैछ। कम्पनीले साधारण सभामा गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश प्रस्ताव गरेको छ।
बैंकले बोनस सेयर ७ प्रतिशत र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ। लक्ष्मी सनराइज बैंकको वार्षिक साधारण सभा अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा दिउँसो २ बजेदेखि सुरु हुनेछ।
यस्तै, सञ्चालक समितिमा प्रतिनिधित्व गर्न संस्थापक समूहबाट २ र सर्वसाधारण समूहबाट पनि २ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव छ । साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि पुस १९ गते बुक क्लोज गरिसकेको छ ।































प्रतिक्रिया