काठमाडौँ ,
सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले हाल उठाइरहेको राजश्वले राज्यको दायित्व धान्न नसक्ने भन्दै करका दायरा बढाउनुको विकल्प नभएको बताएका छन् ।
आइतबार संघीय संसदको प्रतिनिधी सभाको वैठकमा बोल्दै अर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन् । त्यस्तै, उनले सरकारले हाल उठाएको करले राज्यको दायित्व धान्न नसक्ने बताए । त्यसैले करका दायरा बढाउनुको विकल्प नभएको उनको भनाइ छ । पछिल्लो समय विभिन्न सरकारी निकायहरुको कोषको रकम बैंक खातामा जम्मा हुने तर राष्ट्र चाहीं ऋणमा डुबेको भन्दै त्यस्ता कोषको रकम सरकारले आफ्नो दायरामा ल्याएको बताए ।
अर्थमन्त्री बनेदेखि नै विवाद खेप्दै आएका डा. खतिवडा बजेट सार्वजनिक भएदेखि नै विवादित बन्दै आएका छन् । अर्थमन्त्री खतिवडा विद्युतीय गाडीको भन्सार वृद्धि , चकलेटमा भन्सार घटाइएको, इन्डक्सन चुल्होमा भन्सार बृद्धि, रासायनिक मलको भन्सार वृद्धि, गहुँमा भन्सार वृद्धि, मैदामा कम, पशुदानाको आयातमा भन्सार वृद्धि, बीउमा भन्सार वृद्धि, भाषा परीक्षामा कर, फेसबुक वा युट्युबको करको विषयमा बजेटले सम्बोधन नगर्नु, दूरसञ्चार दस्तुर वृद्धि तथा पेट्रोलियम पदार्थमा पूर्वाधार शुल्क लगायतका करमा विवदित भएका छन् । ती करका विषयमा संसदमा छलफल भइरहेको छ ।































प्रतिक्रिया