काठमाडौं ।
नेकपाको दाहाल–नेपाल समूहले आइतबार विभिन्न कार्यक्रम गर्ने भएको छ । माघ ९ गते हुने जनप्रदर्शनको तयारी स्वरुप यस समूहले आज कार्यक्रम गर्ने भएको हो ।
दाहाल–नेपाल समूहले माघ ९ गते काठमाडौंमा बृहत जनप्रदर्शन गर्ने तयारी गरेको छ । त्यसैको तयारी स्वरुप आज देशैभर विभिन्न बैठक तथा कार्यक्रमहरुको आयोजना गरेको हो ।
राजधानीको तिनकुनेस्थित एक बैंक्वेट र प्रज्ञा भवन कमलादीमा हुने दुवै कार्यक्रमलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने तय भएको छ ।
प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनका कार्यक्रम गरिरहेको नेकपा दाहाल–नेपाल समूहले माघ ६, ७ र ८ गते पर्चा वितरण, कोणसभा, माइकिङ, सांस्कृतिक प्रचार सभा सहितका कार्यक्रम गर्ने जनाएको छ ।
यस्तै माघ ७ गते दिउसो २ बजे भृकुटीमण्डपबाट उपत्यकाव्यापी मोटरसाइकल र्याली आयोजना गर्ने पनि तयारी गरेको छ । यसैगरि ९ गते उपत्यकाका विभिन्न स्थानबाट निस्केका जुलुशसहित रत्नपार्कबाट एकीकृत विरोध प्रदर्शन गर्ने कार्यक्रम तय भएको केन्द्रीय संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।





























प्रतिक्रिया