कोरोना रोकथाम र भष्ट्राचार नियन्त्रणका लागि उचित काम गर्न सांसदहरुको माग

कोरोना रोकथाम र भष्ट्राचार नियन्त्रणका लागि उचित काम गर्न सांसदहरुको माग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
प्रतिनिधिसभा सांसदहरुले समसामयीक विषयमा सरकारको ध्यानाकर्षण गराउँदै कोरोना रोकथाम र भष्ट्राचार नियन्त्रणका लागि उचित काम गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले सरकारले कोरोना रोकथामका लागि प्रभावकारी काम गर्न नसकेको बताए । सरकारले केही काम गर्न नसक्ने र १० अर्बको खर्च देखाउने गर्दा नागरिकहरु आफै सडकमा उत्रिएको बताए ।

उनले नेपाल एयरलाइन्स चाटर्ड गर्ने नाउँमा ६/७ गुणा बढी पैसा पीडितबाट असुलेको आरोप समेत लगाए । सरकारका यस्ता गतिविधिबाट नागरिकहरु आफै सडकमा आई सरकार फाल्नुपर्ने अवस्था आयो भने लोकतान्त्रिक पार्टीका लागि शुभसंकेत नहुने बताए । उनले भने, ‘आज नेपाल एयरलाइन्सको प्लेन चार्टडको नाउँमा यहाँका ट्राभल एजेन्सीहरुबाट ६/७ टाइम्स भन्दा बढी पैसा असुली भइराखेको छ । यहाँ बोल्न नपर्ने सरकारले जनतालाई जे भने पनि हुने जनताले सहिरहनु पर्ने फेरि हामी चुप लाग्नु पर्ने, अत्यन्त भयाभह अवस्था छ । यदि सडकबाट जनताले सरकार फाल्नु प¥यो भने लोकतान्त्रिक पार्टीको लागि शुभसंकेत हुदैन स्थिति यो आइसकेको छ ।’

३३ किलो सुनकाण्ड, सेक्युरिटी प्रिन्टिङ प्रेस लगायतका विषयमा अझै छानविन नगरी बसेकाले सरकार पूर्णरुपमा भष्ट्राचारको संरक्षक भएको प्रमाणित भएको बताए । उनले सरकारले केही पनि काम गर्न नसक्ने तर त्यसको दोष कांग्रेसलाई लगाउने गरेको बताए । उनले काम गर्न नसक्ने प्रधानमन्त्रीले प्रतिपक्षिले काम गर्न दिएन भन्ने अभिव्यक्ति दिनु लोकलाज मान्नु पर्ने बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद मातृकाप्रसाद यादवले धनुषा जिल्लामा विभिन्न अपराधिक घटना हुँदै आएको तर राजनीतिक संरक्षणमा अपराधिले उन्मुक्ति पाइरहेको बताए । उनले अपराधिक घटनाहरु हुने र राजनीतिक आडमा जोगिने परम्परालाई रोक्न सरकारको ध्यानाकर्षण गराए । धनुषा जिल्ला सबैला नगरपालिकामा ट्याक्टर दुर्घटनाका एक ड्राइभर हिरासतमा परेको तर जेठ २७ गते हिरासतमै रहेको अवस्थामा शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको सांसद यादवले बताए । उनले उक्त घटनामा पीडितका परिवारले झुण्ड्याइएर मारेको बताइरहेको र प्रहरी थानाले आफैं झुण्डिएको बताएकाले छानविन हुनुपर्ने बताए । उनले रुकुम घटना छानविन गर्न गठन भएको संसदीय समितिलाई नै छानविन गर्न जिम्मा दिनुपर्ने बताए । त्यस्तै २७ गते नै सबैला नगरपालिकामा घरमा रहेका अरुणकुमार मण्डललाई रातको समय फोन गरी बोलाएर गोली हानी हत्या भएकोले उक्त घटनाको पनि निष्पक्ष छानविन गर्न माग गरे । उनले ०६६ जेठ ४ गते जनकपुरबाट पैसा ल्याउँदै गर्दा हत्या भएको घटनाको अहिले सम्म छानविन हुन नसकेको भन्दै छानविन गर्न माग गरे ।

दुई नम्बर प्रदेशमा कोरोना नियन्त्रणमा ठूलो समस्या रहेको यादवले बताए । उनले कडा भाइरस आएको भन्ने प्रधानमन्त्रीलाई कडा खालको उपचारको व्यवस्था मिलाइदिन माग गरे । उनले प्रदेश नम्बर दुई सरकारले पनि कुनै प्रभावकारी योजनाका साथ कोरोना रोकथामका लागि काम गर्न नखोजेको बताए ।

Skip This
Skip This
Logo