पशुपतिनाथ मन्दिरमा सुनको जलहरी निर्माणका क्रममा भ्रष्टाचारमा मुछिएका पशुपति क्षेत्र विकास कोषका निलम्बित सदस्य सचिव मिलनकुमार थापा ३ लाख धरौटीमा छुटेका छन्।
विशेष अदालतका न्यायाधिशद्वय खुसीप्रसाद थारु र रामबहादुर थापाको इजलासले मंगलबार डेढ किलो सुन हिनामिना गरेको आरोप लागेका तत्कालिन कोषाध्यक्ष समेत रहेका मिलन थापासँग ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले थापासँगै तत्कालीन सदस्यसचिव प्रदिप ढकाल र स्टोरकिपर अरूणकुमार श्रेष्ठविरूद्ध मुद्दा दायर गरेको थियो । एक करोड १७ लाख १ हजार ७२१ रुपैयाँ बिगो मागदाबी गरी उक्त मुद्दा असोज १४ गते दर्ता भएको थियो। त्यसपछि थापा अदालतमा हाजिर भएका थिए भने ढकाल र श्रेष्ठ अदालतमा हाजिर भएका छैनन्। उनीहरू अझै फरार छन्।





























प्रतिक्रिया