२०२३ मा ओमोडाले बनायो नयाँ रेकर्ड, बिक्री भयो १ लाख ४७ हजार कार

२०२३ मा ओमोडाले बनायो नयाँ रेकर्ड, बिक्री भयो १ लाख ४७ हजार कार

केन्द्रबिन्दु
0
Shares

ओमोडाले सन् २०२३ मा नयाँ रेकर्ड बनाएको छ। सन् २०२३ भरमा ओमोडाले सबैभन्दा धेरै १ लाख ४७ हजारभन्दा बढी सवारीसाधान बिक्री गरेको छ। जबकी डिसेम्बर महिनामा मात्रै १३ हजार ६७७ सवारीसाधन बिक्रीवितरण गरेको हो।

सन् २०२३ को जुन/अप्रिलमा लन्च कार्यक्रम गरेको ओमोडा ईफाइभले अक्टुबरमा भएको प्रयोगकर्ता सम्मेलनमा आश्चर्यजनक विस्तारको प्रदर्शन गर्यो। साथै वर्षको अन्त्यमा अन्तर्राष्ट्रिय मान्यता र पुरस्कारहरूको साथमा आफ्नो वर्षको समापन गर्न सफल रह्यो।

ओमोडाले आफ्नो पहिलो शुद्ध विद्युतीय कार ईफाइभ प्रस्तुत गरेर विद्युतीय सवारीसाधन तर्फ आफ्नो चाललाई तीव्रता दिँदै अद्भुत वर्ष बिताउन सफल भयो। यो कदमले  ओमोडाको उत्पादन दायरा मात्रै विस्तार गरेको छैन ‘कारभन्दा बढी’ प्रयोगकर्ताको इकोसिस्टमप्रतिको प्रतिबद्धतालाई पनि जोड दिएको छ।

एकदृढ रणनीतिक दृष्टिकोणका साथ, इ ओमोडाले २०२३ मा संचयी निर्यात बिक्रीमा १ लाख ४७ हजारभन्दा बढी सवारीसाधनहरूको प्रभावशाली उपलब्धी हासिल गर्दै तीव्र प्रतिस्पर्धात्मक अटोमोटिभ बजारमा उत्कृष्ट प्रदर्शन गर्यो।

वर्षको अन्तिम महिनामा, निर्यात बिक्री १३ हजार ६७७ इकाइमा पुग्यो। जुन महिना–दर–महिना १२.६ प्रतिशतको वृद्धि देखाउँदै–क्रसओभर एसयूभी खण्डमा उदीयमान प्रतिस्पर्धीको रूपमा ब्रान्डको बलियो प्रदर्शन पनि हो।

त्यसबाहेक २०२३ ओमोडाले उल्लेखनीय सफलता हासिल गरेको वर्ष थियो। विश्वव्यापी रूपमा प्रसिद्ध अनुसन्धान र परामर्श फर्म जेडी पावरद्वारा प्रकाशित '२०२३ चाइना प्रारम्भिक गुणस्तर अध्ययन' रिपोर्टमा, ओमोडा प्रारम्भिक गुणस्तरको सन्दर्भमा शीर्ष प्रदर्शनकर्ताको रूपमा उभिएको छ।

ओमोडा ब्रान्डले गाइकिन्डो इन्डोनेसिया अन्तर्राष्ट्रिय अटो शो २०२३ मा 'बेस्ट टेस्ट ड्राइभ एसयूभी' को उपाधि जित्यो। त्यस्तै, मलेसियामा धेरै सम्मानित पुरस्कारहरू जित्यो। यसमा स्टार मिडिया समूहबाट 'सर्वश्रेष्ठ मिड-साइज क्रसओभर/एसयूभी' अवार्ड, कारलिस्ट एक्स वापकार सीओटीवाई २०२३ अवार्ड्स एडिटर्स च्वाइस फर द 'बेस्ट ५ सिटर एसयूभी' र १९औँ मलेसिया कार अफ द इयर अवार्ड २०२३ 'उत्कृष्ट वारेन्ट' समावेश छ।

२०२४ मा ओमोडा आफ्नो उत्पादन म्याट्रिक्सलाई अझ सुधार गर्न र विश्वव्यापी प्रयोगकर्ताहरूसँगको सहकार्यमा ब्रान्ड इकोसिस्टमलाई बढावा दिन लागिपरिरहेको छ। साथै, नयाँ दृष्टिकोणका साथ, ओमोडाले नयाँ कथाहरू सिर्जना गर्न र विश्वव्यापी अटोमोटिभ बजारको उच्च-गुणस्तर विकासमा थप योगदान दिने प्रयास जारी राखेको छ ।

Logo