बाझाबाझपछि झांगिएको बालेन-हर्कको केमेष्ट्री, के छ सर्वसाधारणको सुझाव ? [भिडियाेसहित]

बाझाबाझपछि झांगिएको बालेन-हर्कको केमेष्ट्री, के छ सर्वसाधारणको सुझाव ? [भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह र धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईबीच पहिलो भेट करिब ९ महिनाअघि भएको थियो।

काठमाडौँ आएको मौकामा मेयर हर्कले बालेनलाई कार्यकक्षमै पुगेर भेटेका थिए। त्यसअघि उनीहरूबीच सामाजिक सञ्जालमा छेडछाड नै चलेको थियो। आजभोलि भने यी दुई मेयरबीचको दोस्ती खुब जमेको छ। 

स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लडेर विजयी भएका उनीहरूबीचको घनिष्टता हालै बालेनको धरान भ्रमणबाट पनि स्पष्ट हुन्छ। हत्तपत्त सार्वजनिक कार्यक्रममा नजाने मेयर बालेन धरान पुग्नुलाई धेरैले रोचक एवं अर्थपूर्णरूपमा हेरिएको छ।

यी दुई मेयरको बाक्लै भेटघाटलाई कतिपयले नयाँ दल खोल्ने प्रयास गरिरहेको भनेर अर्थ्याउने गरेका छन् । बालेनसँगको भेटपछि हर्कले सामाजिक सञ्जालमा लेखेका थिए, ‘हतार नगर्नू नयाँ शक्ति निर्माण हुनेछ।

यदि हामीले राजनीतिक दल खोलेर अघि बढ्न चाह्यौँ भने को कसले साथ दिनुहुन्छ रु’ हुन त उनीहरूका गतिविधि हेर्दा र अभिव्यक्ति सुन्दा नयाँ दल खोलिहाल्ने अवस्था भने देखिँदैन।

कतिपय कानून, नीति, नियम र ऐनको ख्याल समेत नगरी परिवर्तनका लागि उत्रिएका स्वतन्त्र मेयर बालेन र हर्कको हालको केमेस्ट्रीलाई ८४ को निर्वाचनसम्म नयाँ दलका रूपमा उदाउन सक्ने अनुमान पनि गरिन थालेको छ।

यसैसन्दर्भमा रहेर केन्द्रबिन्दु टोलीले मेयर बालेन शाह र हर्क साम्पाङ राईबीचको केमेस्ट्रिका बिषयमा सर्वसाधारणहरुको धारणा कस्तो छ भनेर सोधेका छौं।

Logo