त्रिविले दियो स्नातकोत्तर र एमफीलका विद्यार्थीलाई थेसिस बुझाउने अन्तिम मौका

त्रिविले दियो स्नातकोत्तर र एमफीलका विद्यार्थीलाई थेसिस बुझाउने अन्तिम मौका

केन्द्रबिन्दु
0
Shares

त्रिभुवन विश्वविद्यालयले विभिन्न ब्याचका स्नातकोत्तर र एमफीलका लिखित परीक्षा उत्तीर्ण गरेका विद्याथीहरुलाई थेसिस, प्रयोगात्मक, सैद्धान्तिक परीक्षाका लागि मौका प्रदान गरेको छ ।

त्रिवि प्राज्ञिक परिषद्को स्थायी समितिको पुस २५ गतेको बैठकले यस्तो निर्णय गरेको भन्दै कार्यान्वयनका विभिन्न संकायको डीन कार्यालयमा परिपत्र गरेको छ ।

त्रिवि मानविकी तथा सामाजिक शास्त्र सङ्काय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, शिक्षा शास्त्र सङ्काय, परीक्षा सुधार तथा समन्वय परिषद्को पुस २३ को बैठकबाट सिफारिस भई आएबमोजिम त्रिविमा स्नातकोत्तर तह र एमफिल तहको सैद्धान्तिक परीक्षा पास गरिसकेको परीक्षार्थीहरूको लागि स्नातकोत्तर तह वार्षिक प्रणाली अन्तर्गत सैद्धान्तिक विषय पास गरिसकेको तर थेसिस, टर्मपेपर, प्रोजेक्ट रिपोर्ट, इन्टर्नसिप, प्रयोगात्मक परीक्षा तथा शिक्षण अभ्यास पुरा नगरेको परीक्षार्थीहरूको हकमा २०५८ सालमा प्रथम पटक भर्ना भई २०५९ सालमा प्रथम वर्षको परीक्षामा प्रथम पटक सम्मिलित भएका र सो पछि भर्ना भई समय सीमा काटेकाहरू तथा सेमेष्टर प्रणाली अन्तर्गत २०६८ सालमा भर्ना भई समय सीमा काटेको परीक्षार्थीहरूको लागि मात्र २०८१ असार मसान्त भित्र सम्बन्धित क्याम्पस/विभागमा बुझाई भिभा समेत गर्ने गरी एक पटकको लागि मात्र अवसर दिने साथै एम.फिल तहका परीक्षार्थीहरूको हकमा २०६८ सालमा भर्ना भई समय सीमा काटेकाहरुका लागि समेत उल्लेखित अनुसारनै गर्ने भनी निर्णय भएको हुँदा सो को लागि स्वीकृति दिने निर्णय भएको परिपत्रमा उल्लेख छ ।

 

Logo