बनेपा नगरपालिकाका वडाअध्यक्ष १५ लाख घुससहित पक्राउ

बनेपा नगरपालिकाका वडाअध्यक्ष १५ लाख घुससहित पक्राउ

केन्द्रबिन्दु
0
Shares

बनेपा नगरपालिकाका एक वडाध्यक्ष १५ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्। वडा नम्बर ९ का वडाअध्यक्ष नृपेश बादे प्रकाउ परेका हुन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले बादेलाई बुधबार घुस रकमसहित पक्राउ गरेको हो। बादेले घर बाटो सिफारि गर्ने प्रयोजनको लागि घुस मागिरहेको सूचनाका आधारमा अख्तियारको टोली उनको खोजीमा पुगेको थियो।

‘उहाँलाई घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरिएको हो,’ प्रवक्ता घिमिरेले भने। बादेको साथबाट स्रोत नखुलेको रकम पनि बरामद भएको घिमिरेले जानकारी दिए।

बादेको साथबाट जापानिज येन १० हजार, अमेरिकी डलर एक सय, हुन्डाइको आई-१० कार बरामद भएको छ। कार चालक बदमबहादुर प्रधानसमेतलाई पक्राउ गरिएको घिमिरेले बताए। पक्राउ परेका घिमिरेलाई न्यायिक हिरासतमा राखेर अनुसन्धान थालिएको घिमिरेले बताए।

Skip This
Skip This
Logo