इटहरी उपमहानगरपालिकाले इन्धनबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीमा रुपान्तरण गरेको छ।
सरकारले सवारी तथा यातायात व्यवस्था ऐनमा संशोधन गर्दै विद्युतीय गाडीमा रुपान्तरण गर्न सकिने व्यवस्था गरेपछि इटहरी उपमहानगरले पेट्रोलियमबाट विद्युतीय सवारीमा रुपान्तरण गरेको हो।
उपमहानगरपालिकाले सम्याति इलेक्ट्रो व्हील्स प्रालिसँगको सम्झौतामा पहिलो चरणमा दुई वटा मोटरसाइकललाई विद्युतीयमा रुपान्तरण गरिएको मेयर हेमकर्ण पौडेलले बताए।
संघीय सरकारले मर्मत गरेर उपयोगमा आउन नसक्ने र २० वर्ष अवधि पुगेका सवारीसाधनलाई लागतका आधारमा विद्युतीय सवारीसाधनमा रुपान्तरण गर्न सकिने व्यवस्था गरेको थियो।
देशमै पहिलो पटक स्थानीय तहले यो कामको सुरुवात गरेको पौडेलको दाबी छ। सम्याति इलेक्ट्रो व्हील्स प्रालिका सञ्चालक आदित्य आचार्यले मोटरसाइकललाई विद्युतीयमा रुपान्तरण गर्न सक्षम रहेको बताए।































प्रतिक्रिया