सोनापुर मिनिरल्स एन्ड आयलले वार्षिक साधारण सभा बस्ने भएको छ। सभा माघ २६ गते बस्ने भएको हो।
साधारण सभा होटल माला इन घोराही–१५, दाङमा बिहान १० बजे सुरु हुनेछ। सभा प्रयोजनका लागि माघ १२ गते बुक क्लोज हुने भएकाले माघ ११ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन सक्नेछन्।
कम्पनीले सभामा प्रबन्धपत्र संशोधनसँगै कम्पनीको उद्देश्य थप गर्ने प्रस्ताव पेश गर्ने जानाएको छ। यसैगरी,उक्त सभामा कम्पनीको हाल कायम चुक्ता पुँजी र सञ्चित मुनाफाको जम्मा रकम भन्दा बढीको रकम विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण चुक्ता गर्न अनुमोदन गर्ने प्रस्ताव पनि पेश हुनेछ।
गत आर्थिक वर्षको नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत अन्य विवरणहरु छलफल गरी पारित गर्ने एजेन्डा रहेको छ। साथै, सभामार्फत सर्वसाधारण सेयरधनी समूहबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव रहेको छ।





























प्रतिक्रिया