सांसद डा. सुनिल शर्माकाे भ्रमणले जाग्याे काेशी कांग्रेसमा उत्साह, बिर्साइदिए तिता-मिठा विवाद !

सांसद डा. सुनिल शर्माकाे भ्रमणले जाग्याे काेशी कांग्रेसमा उत्साह, बिर्साइदिए तिता-मिठा विवाद !

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका नेता एवं सांसद डा. सुनिल शर्माले काेशी प्रदेशकाे पहिलो चरणको राजनीतिक भ्रमण सम्पन्न गरेका छन् । ७७ जिल्लाको १ सय ६५ निर्वाचन क्षेत्रको भ्रमण गर्ने लक्ष्य लिएका सांसद डा. शर्माले पहिलो चरणमा आफ्नो पुख्यौली जिल्ला धनकुटादेखि पूर्वी पहाडको भोजपुर, संखुवासभा, तेह्रथुम, ताप्लेजुग, पाँचथर र ईलाम पुगेर यात्रा सम्पन्न गरेका हुन् । 

सांसद डा. शर्माको यो भ्रमणले कांग्रेसजनमा एउटा छुट्टै उत्साह र समाजमा नयाँ जागरण ल्याएको छ ।

सांसद डा. शर्माको यो भ्रमणले कांग्रेसजनमा एउटा छुट्टै उत्साह र समाजमा नयाँ जागरण ल्याएको छ । पार्टीमा संस्थापक र इतर पक्ष भनेर भागबण्डा मच्चाउने नेताहरुलाई एकै ठाउँमा समेटेको थियो । पूर्वी पहाडको ७ जिल्लाहरुमा भएको भ्रमणमा कांग्रेसका जिल्ला नेताहरु र जिम्मेवार कार्यकर्ताहरुको उत्तिकै साथ थियो । सबैले एकै स्वरले उनको भ्रमणको समर्थन जनाएका थिए । 

कांग्रेस भोजपुर जिल्लाका सभापति तथा प्रदेश सभाका सांसद बिनोद वान्तवा, प्रदेश सभाका सांसद मान वहादुर लिम्बु, नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राई तेह्रथुम जिल्लाका सभापति अर्जुन तुम्वाहाम्फे, निर्वतमान जिल्ला सभापति गोविन्द्र ढुगाना, पाँचथरका जिल्ला सभापति रुप नाराण जबेगु, निर्वतमान जिल्ला सभापति नरेन्द्र केरुग, नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई, तेह्रथुम जिल्लाका कोषाध्यक्ष प्रेम तुम्वाहाम्फे, नेता निर्मल ढुंगाना, नोवल मेडिकल कलेजका मेनिजिग डाईरेक्टर ईन्दिरा शर्मा बराललगायतका नेताहरु भ्रमणमा सहभागी थिए । 

सांसद डा. शर्माकाे भ्रमणले जनप्रतिनिधि भनेका जनताका गुनासो सुन्न र समाधान खाेज्न बनेका हुन् भन्ने सन्देशको पुनः उजागर गरेको छ । 

भ्रमणका क्रममा सांसद डा. शर्मालाई विभिन्न जिल्लाका विभिन्न स्थानीय सरकारका प्रमुख उपप्रमुखहरुले पनि स्वागत गरेका थिए । 

पटकपटक सडकदेखि सदनसम्म जनताकै पक्षमा आवाज उठाउँदै आएका उनले जनताहरुसँग प्रत्यक्ष रुपमा भेटघाट गर्दै राजनीतिप्रति वितृष्णा जागेर जनतामा निराशा छाएको र कार्यर्ताहरुमा पनि नैरश्यता आएको भन्दै अब नयाँ ढंगबाट कांग्रेसलाई संगठित गरेर अगाडि लैजानका लागी अब सबै कांग्रेसजनले नेताहरुलाई पुरस्कार र दण्ड दिने काम गर्नुपर्ने बताएका छन् । अब दोस्रो चरणमा तत्कालिन सगरमाथा अञ्चलको पहाडी जिल्लाहरु र सबै तराईका जिल्लाहरु भ्रमण गर्ने उनको भनाई छ । 

कांग्रेसभित्र नेतृत्व हस्तान्तरणको चर्चा निकै जोडतोडका साथ चलिरहेको बेला पार्टीमा युवा शक्तिलाई अगाडि बढ्न दिनुपर्ने र उमेर ढल्किसकेका नेतृत्वलाई विश्राम दिनुपर्ने सांसद डा. शर्माको यो मागले त झनै हलचल मच्चाएको छ । 

साँच्चै नै, कांग्रेस धनकुटाका जिल्लाका सचिव विजय सन्तोषी राई पनि सांसद डा. शर्माको भ्रमणले शिथिल बन्दै गएको कांग्रेजनमा नयाँ उत्साह र समाजमा जागरण ल्याएको स्विकार्छन् । चुनाव जितेपछि केन्द्र सरकारमै रमाउने सांसदहरुको प्रवृतिलाई यो भ्रमणले झापड लगाएको छ । जनप्रतिनिधि भनेका जनताका गुनासो सुन्न र समाधान खाेज्न बनेका हुन् भन्ने सन्देशको पुनः उजागर गरेको छ । यो सक्रियता उनको पहिलोपटक भने होइन । उनी ति सांसद हुन् जो निर्वाचित भएको केही घण्टामै मतदाताको गुनासोको सम्बोधनमा लागेका थिए । साथै कांग्रेसभित्र नेतृत्व हस्तान्तरणको चर्चा निकै जोडतोडका साथ चलिरहेको बेला पार्टीमा युवा शक्तिलाई अगाडि बढ्न दिनुपर्ने र उमेर ढल्किसकेका नेतृत्वलाई विश्राम दिनुपर्ने सांसद डा. शर्माको यो मागले त झनै हलचल मच्चाएको छ । 

भ्रमणका क्रममा सांसद डा. शर्माको टोलीले विभिन्न जिल्लाका विभिन्न स्थानीय सरकारसँग समन्वय गरेर निःशुल्क स्वास्थ शिविर चलाएको थियो । सानादेखि ठूला रोगसम्म गरी हजारौंले स्वास्थ्य सेवा लिएका थिए । कतिपयलाई अस्पताल नै रिफर गरिएको थियो । यो शिविरले जनताको आलो घाउमा पक्कै पनि मलम त लगाएकै थियो, साथै आर्थिक अवस्था कमजोर भएका कारण स्वास्थ्यको पहुँच बाहिर रहेकालाई त निुशल्क शिविर ढुंगा खोज्दा देउता भेटिए सरह नै बनेको थियो । 

अब दोस्रो चरणमा तत्कालिन सगरमाथा अञ्चलको पहाडी जिल्लाहरु र सबै तराईका जिल्लाहरु भ्रमण गर्ने उनको भनाई छ । 

सो अवसरमा सांसद डा. शर्माले नेताहरु ईमानदार भए जनताहरुको आधारभूत आवश्यकताहरु पूरा गर्न सकिने भन्दै स्वास्थ्य बिमालाई एक लाख देखी १० लाख सम्म पु-याउनु पर्ने र शिक्षाका लागी विद्यार्थीहरुलाई ऋण दिनुपर्ने, जलविद्युत उत्पादन बढाउनुपर्ने भ्रष्ट्राचारलाई पूर्ण रुपमा निर्मुल गर्नुपर्ने बताएका थिए । उनको यो आवज अहिलेदेखि भने होइन । उनी आफैं काठमाडौँस्थित सिनामंगलमा रहेको काठमाडौँ मेडिकल कलेज र विराटनगरस्थित नोबेल अस्पतालका सञ्चालक पनि हुन् । उनी आफ्नो निर्वाचन क्षेत्र फर्कँदा पार्टीका नेता र कार्यकर्ताको लामबद्ध होइन,  जनताका गुनासोको औषधी लिएर जान्छन् । मोरङ क्षेत्र नं ३ बाट निर्वाचित सांसद शर्माले आफ्नो निर्वाचन क्षेत्रका मतदाताका लागि उपचारमा ५० प्रतिशत छुट तथा विपन्न परिवारका लागि निःशुल्क उपचारसहित ५० बेडको क्याबिन निःशुल्क गरिदिएका छन् भने खाने बस्ने सुविधासहितका निःशुल्क ३० बेडको ब्यवस्था गरेका छन् ।

भ्रमणका क्रममा सांसद डा. शर्माले जनतालाई सुसुचित पनि गराएका छन् । पछिल्लोसमय नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा प्रकरण र सुन प्रकरणलगायत भ्रष्टाचार काण्डका विरुद्ध निरन्तर आवाज उठाउँदै आएका उनले जनताहरुसँग प्रत्यक्ष रुपमा भेटघाट गर्दै भोट दिएर सत्तामा पुगेकाहरुको हर्कतको भण्डाफोर गर्दै राम्रो माान्छे मात्र छान्न सुसुचित गराएका छन् । सो क्रममा उनीहरुको गुनासा र समस्याहरु जिम्मेवारी पूर्वक सुनेर समाधानका उपायहरु समेत उनले बताएका थिए ।

Skip This
Skip This
Logo