गायक बिनोद दनुवारको स्वरमा 'हे सानू' गीतको भिडियो सार्वजनिक भएको छ ।
नवराज घिमिरेको शब्द संगीतमा तयार गरिएको गीतमा नेपाली युवाहरु बिदेशिनु पर्दाको पीडा पोखिएको दृश्य देख्न सकिन्छ । यो गीत निकै मार्मिक मर्मस्पर्सी व्यक्त गरिएको छ ।
गीत सङ्गीतको दुनियाँमा जम्दै गरेका भुवन के पोखरेलको अभिनयमा आधारित हे सानू बोलको आधुनिक गीत सार्वजनिक भएको हो । यस गीतमा चर्चित मोडल तथा कलाकार भुवन के पोखरेल र जुना कार्किको दमदार अभिनय देख्न सकिन्छ । यस गीतका मोडल पछिल्लो पटक चर्चामा रहेको मिडिया हबद्वारा प्रसारीत टेलिसिरियल भैरवीमा डाक्टरको भूमिकामा अभिनय गर्ने चर्चित कलाकार हुन् ।
भुवनले अहिलेसम्म दुई दर्जन बढी म्युजिक भिडियो तथा बिभिन्न लोकप्रिय टेलिसिरियलहरुमा काम गर्दै आइरहेका छन् । गीतको प्रतिक्रिया कस्तो पाउनुभएको छ भन्ने पत्रकारको प्रश्नमा मोडल भुवनले भने यो गीत अहिलेका युवाहरुको बेदना पोखिएको गीत हो । निकै मीठो लयमा बनेको यस गीतले दर्शकको मन जित्नेमा आफू ढुक्क रहेको बताएका छन् ।































प्रतिक्रिया