एक लाख नेपाली ग्राहकको मन जित्न सफल भयाे टिभिएस एनटर्क, ल्यायाे अफर

एक लाख नेपाली ग्राहकको मन जित्न सफल भयाे टिभिएस एनटर्क, ल्यायाे अफर

केन्द्रबिन्दु
0
Shares

टिभिएस मोटरको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपालमा ल्याएको स्कुटर टिभिएस एनटर्कले १ लाख माइलस्टोन पूरा गर्न सफल भएको छ ।

२०१८ मा नेपालमा लन्च भए लगत्तै नेपाली ग्राहकहरूमाझ लोकप्रिय नेपालको पहिलो स्पोर्टी स्मार्ट स्कुटर टिभिएस्एनटर्क १ लाख बिक्री भइसकेको छ । बलियो र स्टाइलिश लुक तथा स्मार्ट फिचरलेगर्दा टिभिएस एनटर्कले चाँडै ग्राहकहरूको विश्वास जित्न सफल भएको हो ।

साे अवसरमा जगदम्बा मोटर्सका म्यानेजिब डाइेरक्टर साहिल अग्रवालले भने, “हामीले नेपाली ग्राहकहरूकोयति धेरै माया र विश्वास पाएका छौँ । लन्च गरेको यति छोटो अवधिमै १ लाख एनटर्कहरू रोडमा गुडिसकेका छन्। यो माया र विश्वासको लागि हामी नेपाली ग्राहकहरुप्रति कृतज्ञ छौँ ।”

टिभिएस एनटर्क बेस्ट–इन–क्लास पावर, पिक–अप र पर्फर्मेन्सको लागि लोकप्रिय छ । यसको टिभिएस एनटर्क ड्रम आकर्षक मुल्यको कारण बढी रुचाइएको छ भने हालसालै लन्च भएको टिभिएस एनटर्क एक्सपीले माइलेज र पावरको उत्कृष्ट कम्विनेसन प्रदान गर्दछ । टिभिएस एक्सपिमा आरटि–एफ्आइ प्रविधी, भोइस कमान्ड, राइड मोड लगायत ६० वटा भन्दा धेरै स्मार्ट कनेक्ट फिचरहरु उपलब्ध छन्। नेपाली बजारमा अत्याधुनिक प्रविधीयुक्त स्कुटरहरु उपलब्ध गराउने टिभिएस पहिलो कम्पनी हो।

स्मार्ट टेक्नोलोजी, दमदार पर्फर्मेन्स र स्पोर्टी डिजाइनले गर्दा टिभिएस एनटर्क ग्राहकहरुको पहिलो रोजाइमा पर्न सफल भएको हो । लन्च भएको छोटो समयमा नै १ लाख टिभिएस् एनटर्कहरु सडकमा गुड्नुले तथा कम्पनीले नियमित आयोजना गर्ने राइडहरुमा हुने उल्लेखनीय सहभागिताले टिभिएस एनटर्कहरुको बढ्दो लोकप्रियतालाई पुष्टी गरेको छ । एनटर्कले नेपालमा १२५ सीसीको स्कुटर बजारमा नयाँ क्याटेगोरी मात्र नथपेर नेपाली ग्राहकहरुको लागि प्रशस्त छनोटका अवसरहरु प्रदान गर्दै विकासको नयाँ युगको सुरुवात गरेको छ । एक लाख स्कुटर बिक्री भएको उपलक्ष्यमा टिभिएस एनटर्क अहिले ३ हजार ९९९ रुपैयाँको मासिक किस्तामा उपलब्ध गराएकाे छ ।

Logo