राष्ट्र बैंकले सुरु गर्‍यो कोरोना डिजिटल सर्वेक्षण

राष्ट्र बैंकले सुरु गर्‍यो कोरोना डिजिटल सर्वेक्षण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले कोरोना भाइरसले विभिन्न क्षेत्रमा पारेको असरका बारेमा डिजिटल सर्वेक्षण सुरु गरेको छ ।

कोरोनाका कारण मुलुकको उद्योग व्यवसाय, पर्यटन, रोजगार, रेमिट्यान्स, वैदेशिक लगानी लगायतका विभिन्न क्षेत्र प्रभावित भएका छन् । ती क्षेत्रमा पुगेको क्षतिको विश्लेषण गर्न राष्ट्र बैंकले सो सर्वेक्षण सुरु गरेको राष्ट्र बैंकका प्रवक्ता डा.गुणाकर भट्टले बताए ।

राष्ट्र बैंकले पर्यटन, होटल रेष्टुराँ, कृषि, निर्माण पशुपंक्षी तथा मनोरञ्जन लगायतका निजी क्षेत्रका सम्पूर्ण उद्योग व्यवसायमा डिजिटल सर्वेक्षण गर्नेछ । अहिले राष्ट्र बैंकले मौद्रिक नीति निर्माणका लागि सुझाव संकलन गरिरहेको छ । त्यसका लागि पनि यो सर्वेक्षण सहयोगी हुने प्रवक्ता भट्टको भनाइ छ । राष्ट्र बैंकले सर्वेक्षणका लागि फारम राष्ट्र बैंकको वेवसाइटमा राखेको छ ।

Skip This
Skip This
Logo