लकडाउनको ८१ औं दिन आज : खुकुलो भएपछि सवारी चाप बढ्यो (भिडियोसहित)

लकडाउनको ८१ औं दिन आज : खुकुलो भएपछि सवारी चाप बढ्यो (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सरकारले लकडाउनलाई खुकुलो बनाउँदै सवारी साधन सञ्चालनमा जोर, विजोर प्रणाली लागू गरेपछि उपत्यकामा सवारी चाप बढेको छ ।

काठमाडौं उपत्यकाका मुख्य सडकहरुमा सवारी साधनको चाप उच्च देखिएको छ । सडकमा सवारी चाप बढेपछि केही ठाउँहरुमा सवारी जाम समेत भएको छ । काठमाडौंको त्रिपुरेश्वर, थापाथली, बानेश्वर, जमल लगायतका ठाउँमा सवारी चाप अत्याधिक बढेको देखिन्छ । सवारी साधनको चाप बढेसँगै प्रहरीले सवारी साधनको जाँचलाई तिब्रता दिएको छ ।

शुक्रबार अर्थात ३० गते जोर नम्बरका सवारी साधन मात्रै सञ्चालन गर्न पाइने भएकाले प्रहरीले बिजोर नम्बरका सवारीलाई फर्काइदिएको छ । मोटरसाइकलमा जोर विजोर नम्बर लागू हुने या नहुने भन्ने सम्बन्धमा अन्यौल देखिएका कारण दुवै नम्बर प्लेटका मोटरसाइकलहरु सडकमा देखिएका छन् । जोर विजोर चलाउने विषयमा अन्योल देखिए पनि प्रहरीले बिजोर नम्बर प्लेट रहेका सवारीसाधनलाई कारबाही गरेको छ ।

यस्तै मोटरसाइकलको पछाडि बसेर यात्रा गर्ने मानिसहरुलाई झारेर पठाएको छ । चारपाङ्ग्रे सवारी साधनमा पनि चालक बाहेक दुई जना भन्दा बढी यात्रा गरेको पाइए कारबाही गरेको छ । यसबाहेक अत्यावश्यक सेवाका सवारी साधनलाई भने सञ्चालन गर्न दिइएको छ ।

Skip This
Skip This
Logo