आन्तरिक मूल्याङ्कनका आधारमा एसइईको नतिजा एक महिनामा प्रकाशन हुने

आन्तरिक मूल्याङ्कनका आधारमा एसइईको नतिजा एक महिनामा प्रकाशन हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा माध्यमिक शिक्षा परीक्षा (एसइई) को नजिता एक महिनामा प्रकाशन हुने भएको छ ।

कोरोना संक्रमणको जोखिमका कारण परीक्षा सञ्चालन गर्न नसकिने भएपछि सरकारले विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन गर्ने भएको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले एक महिनाभित्रमा सबै काम सम्पन्न गरी नतिजा प्रकाशन गरिने बताए ।

विद्यालयले जिल्ला शिक्षा विकास तथा समन्वय इकाइमा आन्तरिक मूल्याङ्कनको विवरण पठाउनु पर्नेछ । इकाइले राष्ट्रिय परीक्षा बोर्डमा विद्यालयहरुले पठाएको विवरण पेश गरेपछि कार्यविधि अनुसार नतिजा प्रकाशन गर्नेछ । विद्यालय शिक्षाको जिम्मेवारी स्थानीय तह र एसइई सञ्चालनको जिम्मा प्रदेश सरकारलाई छ । यद्यपी महामारीको समयमा व्यवहारिकतालाई ध्यान दिँदै बोर्डले आवश्यक कार्यविधि बनाएर परीक्षाफल प्रकाशन गर्ने उनले बताए ।

अहिले तीन हजार भन्दा बढी विद्यालयहरु क्वारेन्टाइनका रुपमा प्रयोग भएको र संक्रमणको जोखिम आगामी २ महिना बढ्न सक्ने आँकलन भइरहेका बेला सरकारले एसइई परीक्षाको सवालमा यस्तो निर्णय गरेको मन्त्री पोखरेलले बताए । मन्त्री पोखरेलले खरिदार, नेपाल प्रहरी, नेपाली सेना, उच्च शिक्षा अध्ययनको आधार एसइई भएकाले राष्ट्रिय परीक्षा बोर्डबाट नै प्रमाणिकरण भएर नतिजा प्रकाशन हुने बताए ।

Logo