बालुवाटारमा युवाहरूको प्रदर्शनमा प्रहरीद्वारा पानीको फोहोरा र लाठीचार्ज (भिडियोसहित)

बालुवाटारमा युवाहरूको प्रदर्शनमा प्रहरीद्वारा पानीको फोहोरा र लाठीचार्ज (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको विरोधमा प्रधानमन्त्री निवास बालुवाटारमा आज युवाहरूले प्रदर्शन गरेका छन् ।

लकडाउनकै समय सरकारको कर ताकेता, लकडाउन र कोरोना भाइरसको बढ्दो संक्रमणप्रति असन्तुष्टि जनाउँदै युवाहरूले बालुवाटारमा प्रदर्शन गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत गरिएको आह्वान पछि भेला भएका युवाहरुले सरकारका गतिबिधिको विरोध गर्दै विभिन्न नारासहितका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । उनीहरूले ‘कर के का लागि ? जनतालाई खै खाना ? बाँच्नलाई हाहाकार मरेपछि पीसीआर, पिसिआर परिक्षण बढाउ, एकादेशको १० अर्बको कथा, कठै मेरो देशको व्यथा, लगायतका नारा र पोष्टरहरु बोकेर प्रदर्शन गरेका थिए ।

सडकमा प्रदर्शनकारीहरूको उपस्थिति निकै बाक्लो देखिएको थियो । काठमाडौंमा लकडाउनकै बेला भएको यो ठूलो प्रदर्शन हो । स्वतन्त्र प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरूलाई प्रहरीले पानीका फोहोरा र लाठी हानेर तितरबितर पारेका थियो । प्रहरीको लाठी चार्जबाट केही प्रदर्शनकारी घाइते पनि भएका छन् । यससँगै आजै विराटनगर, चितवन र पोखरा लगायतका ठाउँहरुमा पनि युवाहरूले सरकारका गतिबिधीको विरोध गर्दै प्रदर्शन गरेका छन् ।

 

Logo