‘नेपाल हेपिन मान्दैन’ : प्रधानमन्त्री ओली

‘नेपाल हेपिन मान्दैन’ : प्रधानमन्त्री ओली

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीले नेपाललाई धम्क्याउन खोजेका हुन् भने त्यो उचित नभएको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा आज विनियोजन विधेयक, २०७७ अन्तर्गत छलफलमा उठेका प्रश्नको प्रधानमन्त्रीले दिएको जवाफमा सांसद प्रेम सुवालले मुख्यमन्त्री योगीले नेपालले सीमा निर्धारण गर्दा परिणामबारे सोच्नु पर्ने र तिब्बतले गरेको गल्ती सम्झनु पर्ने धम्की किन दिए भनी स्पष्टीकरण माग गरेका थिए।

जवाफको स्पष्टीकरणका सन्दर्भमा प्रधानमन्त्री ओलीले भने, “यदि त्यसरी बोलेको हो भने त्यो जायज होइन, नेपाललाई धम्क्याउन खोज्नुभएको हो भने त्यो उचित होइन, उहाँ भारतको केन्द्रीय सरकारको निर्णायक व्यक्ति पनि होइन, तैपनि मुख्यमन्त्रीका हिसाबले पनि बोलेको भए त्यो नबोलिनु पर्थ्यो ।”

उहाँले त्यसरी बोलेको भए त्यो आलोच्य र निन्दनीय विषय हो, त्यस्तो कुरालाई हामी नेपालमाथि अवहेलनाको विषयमा बुझ्छौं, ओलीले भने । प्रधानमन्त्रीले भने, “नेपाल हेपिन तयार छैन र हेपिन मान्दैन ।”

बैठकमा आज प्रधानमन्त्रीले विनियोजन विधेयक, २०७७ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिएका थिए ।रासस

Skip This
Skip This
Logo