नेपाल इन्भेष्टमेन्ट बैंकले इटालीको अदालतमा परेको मुद्दा जित्यो

नेपाल इन्भेष्टमेन्ट बैंकले इटालीको अदालतमा परेको मुद्दा जित्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल इन्भेष्टमेन्ट बैंकले इटालीको अदालतमा परेको २ अर्ब ४ करोड रुपैयाँ बराबरको मुद्दा जितेको छ ।

बैंकलाई तनहुँ हाइड्रोपावर सम्बन्धि मुद्दामा १६ महिनापछि न्याय मिलेको छ । तनहुँ जलविद्युत परियोजनामा ठेकेदार कम्पनी मुराटोरी इ केमेन्टिस्टी (सीएमसी) ले कार्यसम्पादन गर्ने जिम्मा लिएको थियो । कम्पनीले जिम्मा लिए अनुसार काम नगरेपछि बैंकसँग तनहुँ हाइड्रोले ग्यारेन्टी वापतको रकम दाबी गरेको थियो । सो रकम बैंकले तत्कालै भुक्तानी गरेको थियो । तर एमसीले आफ्नो जमानत जफत भएको भन्दै इटालीको स्थानीय अदालतमा मुद्दा हालेको थियो । सो मुद्धाको अदालतले किनारा लगाउँदै इन्भेष्टमेन्ट बैंकलाई न्याय दिएको हो ।

बैंकले पहिले मुद्दा हारेको थियो । पछि पुनरावेदन गरेपछि मुद्दा जितेको हो । बैंकले ८५ करोड १४ लाख १६ हजार रुपैयाँ र ८७ लाख ४९ हजार युरो (१ अर्ब १९ करोड रुपैयाँ हाराहारी) ग्यारेन्टी दिएको थियो ।

Skip This
Skip This
Logo