खेलाडीको तलब बढाउन क्यानको प्रस्ताव

खेलाडीको तलब बढाउन क्यानको प्रस्ताव

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नेपाल क्रिकेट संघ (क्यान) ले सम्झौतामा रहेका खेलाडीको तलब बढाउन प्रस्ताव गर्ने निर्णय गरेको छ । क्यानले अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) सँग खेलाडीले प्राप्त गर्न बाँकी रकममा तलब बृद्धि गर्न माग गर्दै प्रस्ताव पेश गर्ने निर्णय गरेको हो ।

खेलाडीले पाउँदै गरेको तलबमा १० हजार रुपैयाँ वृद्धि गर्न क्यानले प्रस्ताव गरेको छ । क्यानसँग सम्झौतामा रहेका खेलाडीले तीन तहमा तलब पाउँदै आएका छन् ।
गत शनिबार बसेको क्यानको कार्यसमितिको बैठकले आईसीसीसँग खेलाडीको तलब बृद्धि गर्न प्रस्ताव गर्ने निर्णय गरेको हो । खेलाडीले लामो समयदेखि पाउँदै गरेको तलबमा बृद्धि गर्न आईसीसीसँग प्रस्ताव गरिएको हो । खेलाडीले ए, बी र सी श्रेणी अनुसार क्रममा ३५ हजार, २५ हजार र १५ हजार पाउँदै आएका छन् ।

क्यानको प्रस्ताव आईसीसीले स्वीकार गरेमा ए श्रेणीका खेलाडीले ४५ हजार, बीले ३५ हजार र सी श्रेणीका खेलाडीले २५ हजार रुपंैयाँ मासिक रुपमा पाउनेछन् । खेलाडीले सन् २०१९ देखिको तलब पाउन बाँकी रहेको छ ।

महिला खेलाडीले पहिलो पटक क्यानको केन्द्रीय सम्झौता अनुसार तलब पाउन लागेका हुन् । यसअघि महिला खेलाडीले भत्ता बाहेक अन्य केही सुविधा पाएका थिएनन् ।

Skip This
Skip This
Logo