काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाको सरुवा भएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना अपडेटः मिडिया ब्रिफिङ्मा देवकोटाले आफ्नो सरुवा भएको जानकरी दिएका हुन् ।
भोलिदेखि स्वास्थ्य मन्त्रालयका प्रवक्ताका रुपमा डा. जागेश्वर गौतम उपस्थित हुने उनको भनाइ छ । अब डा. देवकोटा मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाको जिम्मेवारीमा रहने छन् । परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालमा जिम्मेवारी सम्हाल्दै आएका डा. गौतमले स्वास्थ्य मन्त्रालयको समन्वय महाशाखासहित प्रवक्ताको जिम्मेवारी सम्हाल्ने छन् ।































प्रतिक्रिया