‘बजेटको गोप्य सूचना बेच्ने काम भयो’ : कांग्रेस सांसद कँडेल

‘बजेटको गोप्य सूचना बेच्ने काम भयो’ : कांग्रेस सांसद कँडेल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले जिम्मेवार निकायले सूचना बेचेर रातारात १ सय २० वटा विद्युतिय सवारी साधन पैठारी भएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकको ढ्यापढ्यापे समयमा बोल्दै सांसद कँडेलले अर्थनीति तय गर्नेहरुबाट नै बजेटको गोप्य सूचना वेच्ने काम गरेको आरोप लगाएका हुन् । उनले भने, “ आफ्नो स्वार्थका लागि देशको अर्थनीति तय गर्ने जिम्मेवार निकायबाटै अतिगोप्य बजेट आउने केही दिन अघि सूचना बेचेर रातारात १ सय २० विद्युतिय सवारी पैठारी गरियो ।”

विद्युतीय सवारी साधन आयातमा १ सय १३ प्रतिशत कर लगाउने निर्णयलाई प्रतिगमनकारी निर्णयको संज्ञा दिए । विद्युतीय सवारी साधनमा कर बढाउनु वातावरण विनास र इन्धन लगायतको आयात बढाउने प्रतिगमनकारी निर्णय हुनुको साथै सरकारको जनताप्रतिको राजनीतिक वेइमानी भएको टिप्पणी गरे । उनले चुनावी घोषणा र प्रधानमन्त्रीको प्रतिवद्धता विपरित अर्थमन्त्रीले विद्युतीय सवारी साधनमा कर वृद्धि गर्ने निर्णय गरेको आरोप पनि उनले लगाए । उनले नेकपाको चुनावी घोषणा पत्रमा आगामी ३ बर्षमा काठमाडौं उपत्यकाभित्र विद्युतिय सवारी साधन मात्रै प्रयोग गरिने कार्ययोजना लागू गर्ने भनी भोट माग्ने काम गरेको तथा २ बर्ष अघि साझा यातायातले काठमाडौमा सुरु गरेको विद्युतीय सवारीको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सन् २०२० भित्र नेपालका कुल सवारी मध्ये २० प्रतिशत विद्युतिय हुने घोषणा गरेको स्मरण गराए ।

उनले मुलुकका पूँजीपतिहरुले महंगा गाडी प्रयोग गरेका कारण देशको पैसा बाहिरीनबाट रोक्न विद्युतिय गाडीमा कर बढाउन परेको सरकारी तर्क झुटो तर्क भएको दाबी गरे । यो निर्णयले दीर्घकालिन रुपमा सरकारलाई नै घाटा हुने भएकाले निर्णय फिर्ता लिन माग गरे । उनले राष्ट्रपति, प्रधानमन्त्री समेतले विद्युतीय सवारीप्रति गरेको प्रतिवद्धतालाई अर्थमन्त्रीले हटाएको भन्दै रोष प्रकट गरे ।

उनले विदेशी चकलेटमा आयातमा मुलुकलाई ५० करोड घाटा भईरहेको दाबी पनि गरे । उनले भने, “चकलेटमा १० प्रतिशत छुट गरेर विदेशबाट ५ अर्बको चकलेट ल्याईन्छ र १० प्रतिशत डिस्काउण्ट गरेर भन्सार घटाएर ५० करोडको घाटा गराईन्छ ।”

Skip This
Skip This
Logo