आज लकडाउनको ७४ औं दिन, के छ अवस्था ? (भिडियाेसहित)

आज लकडाउनको ७४ औं दिन, के छ अवस्था ? (भिडियाेसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको आज ७४ दिन पुगेको छ ।

सरकारले गत चैत ११ गते यता कोरोना रोकथामका लागि लकडाउन गर्दै आएको छ । पछिल्लो पटक जेठ ३२ गते सम्मका लागि लकडाउन लम्ब्याएको छ । सरकारले लकडाउन लम्ब्याउँदै जाने र कोरोना संक्रमणको जोखिम पनि बढ्दै जाने भएकाले आर्थिक जीवनमा असर परेको भन्दै मानिसहरु काममा निस्किएका छन् । जसका कारण सडकमा सवारी साधनको चाप बढेको छ ।

शुक्रबार काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा पुग्दा सवारी साधनको आवागमन बढेको देखिएको छ । साना व्यवसायीहरुले पनि विहान चार घण्टा पसल खोल्ने निर्णय गरेपछि न्युरोड, भोटेबहाल, बानेश्वर लगायतका ठाउँका केही पसलहरु खुलेका छन् । त्यसैले पनि मानिसहरुको आवागमन बढ्दा मुख्य सडकहरुमा सवारी साधनको चाप बढेको छ । प्रहरीले सवारी साधनको जाँचलाई केही खुकुलो बनाएको छ । अत्यावश्यक सेवा, ढुवानी सेवा, पासवाहक सवारी साधनबाहेक पनि सरकारी कर्मचारी, बैंक तथा उद्योग प्रतिष्ठानका कर्मचारी, व्यवसायीलाई परिचय पत्र हेरी सवारी सञ्चालन गर्न दिइएको छ । कुनैपनि कार्यालयको परिचयपत्र नलिई सवारी साधन चलाउनेलाई भने प्रहरीले नियन्त्रणमा लिई कारबाही गरेको छ ।

 

निजी क्षेत्र तथा विज्ञहरुले पनि लकडाउनको ढाँचा परिवर्तन गरी जनजीवनलाई सहज बनाउन सुझाव दिदै आएका छन् । विश्वमै सबैभन्दा लामो लकडाउन नेपालमा गरिएको र संक्रमणको दर रोक्न नसकिएकोले लकडाउनको मोडालिटी परिवर्तन गर्न जनजीवन सहज बनाउनु पर्ने सुझाव विज्ञहरुले दिदै आएका छन् । चीनको वुहानबाट सुरु भएको कोरोना संक्रमण नियन्त्रणका लागि चीनले पनि ७६ दिन पछि लकडाउन खोलेको थियो । तर नेपालमा भने लकडाउनको ७४ दिन पुग्दा संक्रमणको दर झनै बढ्दै गएको छ ।

Skip This
Logo