कोरोनाबाट विश्वमा ३ लाख ९३ हजार भन्दा बढीको मृत्यु, ६६ लाख ९८ हजार संक्रमित

कोरोनाबाट विश्वमा ३ लाख ९३ हजार भन्दा बढीको मृत्यु, ६६ लाख ९८ हजार संक्रमित

केन्द्रबिन्दु
0
Shares

जेनेभा ।

कोरोना भाइरसबाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ९३ हजार १४२ पुगेको छ भने, संक्रमितको संख्या ६६ लाख ९८ हजार ३७० पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ ।

आज बिहानसम्म प्राप्त समाचार अनुसार कोरोना भाइरसको कारण बिरामी भएका ३२ लाख ४४ हजार ५७४ जना निको भएका छन् । हाल विश्वभरीमा कोरोना भाइरस संक्रमित ३० लाख ६० हजार ६५४ व्यक्ति उपचाररत रहेका छन् ।

संक्रमितहरुमा ५४ हजार २०० जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबेइ प्रान्तको उहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यमा शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका अत्यन्त प्रभावित भएको छ ।

डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र १९ लाख १ हजार ७८३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यस प्रकोपको कारण अमेरिकामा १ लाख १० हजार बढी व्यक्तिको मृत्यु भएको छ ।

दक्षिण अमेरिकामा ९ लाख ८६ हजार ९५३ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ४४ हजार ३१९ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २१ लाख ५१ हजार ९३८ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख २९ हजार ९६३ जनाको मृत्यु भएको छ ।

युरोपमा २० लाख २८ हजार २४१ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने, १ लाख ७६ हजार ४४६ को मृत्यु भएको छ । एसियामा १२ लाख ३१ हजार ८५२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ३२ हजार ५४७ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा १ लाख ६४ हजार ९८५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ४ हजार ६२७ जनाको मृत्यु भएको छ । ओसियाना ८ हजार ८५० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, १२४ जनाको मृत्यु भएको छ ।रासस /एएफपी

Skip This
Skip This
Logo