काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको छ । बिहिबार मात्रै ३ सय ३४ जना नयाँ संक्रमित थपिएका छन् । कूल संक्रमित मध्ये २ सय ९० जना निको भएका छन् । आज १२ जना निको भएका छन् । मृत्यु हुनेको संख्या १० पुगेको छ । आज पाल्पाका ४५ वर्षिय पुरुषको मृत्यु भएको हो । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएकाे छ । गत हप्ता बुधबार एकै दिन १ सय १४, बिहिबार १ सय ५६, शुक्रबार १ सय ७० र शनिबार १ सय ८९ जना नयाँ संक्रमित थपिएका थिए । आइतबार १ सय ७१ जना र सोमबार २ सय ३९ संक्रमित थपिएका थिए ।
पछिल्ला दिनहरुमा दैनिक रुपमा संक्रमितको संख्या बढिरहेको छ । हालसम्म ६५ जिल्लामा कोरोना संक्रमित देखिएकाे पनि मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि हुनेमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका १, नारायणी अस्पताल विरगंजमा पर्साका १, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान विराटनगरमा झापाका ३, ताप्लेजुङका १, मोरङका १ र सप्तरीका १३ गरी १८ जना, हेटांैडास्थित प्रादेशिक प्रयोगशालामा बाराका ७, सिन्धुलीका १ र रौतहटका १ गरी ९ जना, पोखरामा गरिएको परीक्षणमा म्याग्दीका १, बाग्लुङका १०, पर्वतका ४ र स्याङ्जाका १ गरी १६ जना, सेती प्रादेशिक अस्पतालमा डोटीका ३, भेरी अस्पतालमा बाँकेका ४२, धुलिखेल अस्पतालमा कपिलवस्तुका १७, राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दाङका १५, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुगुका १ र दैलेखका १ सय ५ गरी कुल १ सय ६ जना, कोशी अस्पतालमा झापाका २ जना र खोटाङका ३ गरी ५ जना, प्रादेशिक अस्पताल सुर्खेतमा दैलेखका ८, र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बारामा ५, धनुसाका ६, कपिलवस्तुका १२, महोत्तरीका ३, रौतहटका ६४ र सर्लाहिका ३ जना गरी कूल ९३ जनामा संक्रमण देखिएको छ । बिहिबार देखिएका नयाँ संक्रमितमा ३ सय १९ जना पुरुष र १५ जना महिला रहेका छन् ।
त्यस्तैगरी मन्त्रालयका अनुसार अहिलेसम्म ८४ हजार १ सय ३४ पीसीआर परीक्षण गरिएको छ भने १ लाख २५ हजार ५ सय ६४ आरडीटी परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ६७ पीसीआर परीक्षण गरिएको छ भने ५ हजार १ सय ८५ आरडीटी परीक्षण गरिएको छ ।
अहिले सम्म २ सय ९० जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा नारायणी अस्पताल विरगंजबाट ५ जना र कलैया अस्पतालबाट ७ जना गरी १२ जना नयाँ डिस्चार्ज भएका हुन् ।































प्रतिक्रिया