विश्व बैंकले नेपाललाई १२ अर्ब ऋण दिने

विश्व बैंकले नेपाललाई १२ अर्ब ऋण दिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । विश्व बैंकले नेपाललाई १२ अर्ब रुपैयाँ ऋण दिने भएको छ । विश्व बैंकले कारोनाबाट शिथिल बनेको नेपाली अर्थतन्त्रलाई उकास्न १० करोड अमेरिकी डलर ऋण दिन लागेको हो ।

बैंकको बोर्ड बैठकले नेपाललाई डेभलपमेन्ट पोलिसी क्रेडिट (डीपीसी) अन्तर्गत ऋण दिन लागेको जनाएको छ । ऋण नेपालको विद्युत् प्रणाली र कोरोनापछिको अर्थतन्त्र उकास्नको लागि प्रयोग हुने विश्व बैंकले जनाएको छ । ‘विद्युत क्षेत्रमा संरचनात्मक सुधार अहिलेको जरुरी विषय हो ।’–विश्व बैंकका नेपाल म्यानेजर फरीस एच हदाद जर्भसले भनेका छन् ।

कोरोनाका कारण मुलुकको उद्योग व्यवसाय, पर्यटन, रेमिट्यान्स वैदेशिक लगानी लगायत विभिन्न क्षेत्र प्रभावित भएका छन् ।

Skip This
Skip This
Logo