काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले जेठ १० गते रुकुमपश्चिम चौरजहारी नगरपालिका सोतीमा भएको घटनाको निपष्क्ष छानविन गरी दोषीलाई कडा कारवाही गरी पीडितलाई न्याय दिलाउन माग गरेका छन् ।
उक्त घटनाबाट आफू स्तब्ध भएको जनाउँदै उनले एक विज्ञप्ति मार्फत गृह मन्त्रालयले गठन गरेको समिति र मानव अधिकार आयोगले गठन गरेको छानबिन समितिले गर्ने छानबिन न्यायिक, निश्पक्ष, कुनै पनि प्रभाव र दबाबबाट मुक्त रही न्याय दिलाउन माग गरेका छन् ।
उनले आधुनिक समाज र मानव जातिले सिर्जना गरेका मूल्यलाई समेत चुनौती दिने गरी भएको उक्त घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै मानवता विरोधी उक्त घटनाको भत्र्सनासमेत गरेका छन् । विज्ञप्तिमा उनले सम्पूर्ण दलित तथा पीडित समुदायको साथमा सरकार रहेको समेत बताएका छन् ।
यसैबीच सो घटनामा ५ जनाको शव भेटिएको थियो भने एक जना अझै बेपत्ता रहेको मा मंगलबार उनको पनि शव भेटिएको बताइएको छ । अब सो घटनामा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ ।रासस































प्रतिक्रिया