जुवा खालबाट पक्राउ परे ९ जना अर्बपति, २ लाख ७७ हजार बरामद

जुवा खालबाट पक्राउ परे ९ जना अर्बपति, २ लाख ७७ हजार बरामद

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
महानगरी प्रहरी वृत दरबारमार्गले अर्बपति व्यवसायीहरुलाई जुवाको खालबाट पक्राउ गरेको छ ।

सरकारले लकडाउन गरेका बेला जुवा खेलेको आरोपमा प्रहरीले कमलादीस्थित रिजेन्सी बुटिक होटलको १०४ नम्बर कोठाबाट व्यवसायीहरुलाई पक्राउ गरेको हो । प्रहरीले काठमाडौं पानीपोखरी बस्ने ५९ वर्षीय पुरुषोत्तम अग्रवाल, पुतलीसडक बस्ने ६० वर्षीय रामचन्द्र सांघाई, बानेश्वर बस्ने ६५ वर्षीय सुरेश अग्रवाल, डिल्लीबजार बस्ने ६३ वर्षीय नन्द किशोर शर्मा, लाजिम्पाट बस्ने ५८ वर्षीय अशोक अग्रवाललाई पक्राउ गरेको छ ।

त्यसैगरी, पुतलीसडक बस्ने ६१ वर्षीय गोबिन्द अग्रवाल, सामाखुशी बस्ने ३६ वर्षीय निकी जोगाई, ललितपुर सानेपा बस्ने ६० वर्षीय बिमल खेतान र भक्तपुरको मध्यपुर ठिमी बस्ने ५९ वर्षीय विमल अभुजालाई पक्राउ गरिएको प्रहरी वृत्त दरबारमार्गका डिएसपी रञ्जन दाहालले बताए । प्रहरीले उनीहरुसँग नगद २ लाख ७७ हजार ७ सय ७ रुपैयाँ, क्वाइन १ सय ७९ वटा र ५ बुक तास बरामद गरेको छ ।

Skip This
Skip This
Logo